पाण्डवेश्वरी यातायात प्राली घोराहीद्वारा धारपानि मन्दिरलाई त्रिशुल उपहार

२०७४ पुष २९, शनिबार १६:४४ गते २०७४ पुष २९, शनिबार १६:४४ गते २०७४ पुष २९, शनिबार १६:४४ गते

घोराही, पुस २९ । घोराहीस्थित पाण्डवेश्वरी यातायात प्रालीले धर्नास्थित धारपानि मन्दिरलाई वहुमुल्य पित्तलको त्रिशुल सहयोग गरेको छ । सबैभन्दा अग्लो त्रिशुल रहेको धारपानी मन्दिरलाई सो यातायात प्रालिले त्रिशुल सहयोग गरेको हो । पाण्डवेश्वरी यातायात प्रालिका अध्यक्ष सरोज शाह, बरीष्ठ उपाध्यक्ष केशव नेपालिको नेतृत्वमा शनिवार धारपानि मन्दिर पुगेको यातायात प्रालिको टोलिले ब्यवस्थापक गोविन्द पौडेललाई त्रिशुल हस्तान्तर गर्नु भएको थियो ।

यातायात प्रालिको टोलिले बैदिक परम्पराअनुसार पुजाआजा गरी धारपानि मन्दिरको छेउमा रहेको साजको रुख नजिकै त्रिशुल स्थापना गरेको थियो । त्रिशुल हस्तान्तरण तथा स्थापना कार्यक्रममा यातायात प्रालिका पदाधिकारी, सदस्य, पत्रकार एंव शुभेच्छुकहरुको सहभागिता रहेको थियो । सो अवसरमा वोल्दै यातायात प्रालिका अध्यक्ष सरोज शाहले धारपानि मन्दिरमा संस्थागतरुपमा त्रिशुल स्थापना गर्न पाँउदा समिति प्रालि परीवार खुसि भएको भन्दै धार्मीक एंव पर्यटकिय स्थलकारुपमा चिनिएको धारपानिको समग्र विकास लागी आफुले पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।

आफुले नेतृत्व गरेको यातायात प्रालि सामाजिक सेवामासमेत क्रीयाशिल रहेको बताउदै अध्यक्ष शाहले अलिहे प्रालि वुकिङ काउन्टर स्थापनामा लागेको र अधिकांश ठाउमा स्थापना भइसकेकोपनि जानकारी दिनु भयो । त्यस अवसरमा संस्थागतरुपमा त्रिशुल सहयोग गरेको भन्दै मन्दिर ब्यवस्थाप पौडेलले यातायात प्रालिका अध्यक्ष शाहलाई माला, टिका लगाउनुका साथै खादा ओढाएर स्वागत तथा सम्मान गर्नु भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *