महिला भलिबल टोलीलाई वडा कार्यालयको सहयोग

२०७४ पुष २९, शनिबार १६:३९ गते २०७४ पुष २९, शनिबार १६:३९ गते २०७४ पुष २९, शनिबार १६:३९ गते
फाइल फोटो

घोराही, २९ पुस
राजधानीमा हुने १३ औँ ढोरपाटन महिला च्याम्पीयनसिप भलिबल प्रतियोगीताका लागि दाङबाट एक टोली जाने भएको छ । श्रीगाउँ खेलकुद विकास समितिका तर्फबाट महिला भलिबल टोली राजधानी जाने तयारी गरेको छ ।

माघ ४ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा देशभरबाट १५ महिला भलिबल टोलीको सहभागीता रहने बताइएको छ । यस्तै श्रीगाउँ खेलकुल विकास समिति र पुर्वाञ्चल महिला भलिबल टोलीबीच माघ ७ गते प्रतिष्पर्धा हुने जनाइएको छ ।

यसैबीच प्रतियोगीताका लागि राजधानी जाने तयारी गरेको भलिबल टोलीलाई शान्तिनगर—२, ४ र ५ वडाले आर्थिक सहयोग गरेका छन् । जिल्ला खेलकुद विकास समितिका सहायक भलिबल रेफ्रि भिमबहादुर डाँगीको नेतृत्वमा जान लागेको टोलीको क्याम्टन सरिता नेपाली रहनुभएको छ । टोलीलाई तीन वटा वडा कार्यालयले १०÷१० हजारका दरले तीस हजार सहयोग गरेका हुन् ।

प्रतियोगीतामा प्रथम हुनेले तीन लाख २५ हजार, दोस्रो हुनेले एक लाख ७० हजार, तेस्रो हुनेले ८० हजार, चौथो हुनेले ५० हजार, पाँचौँ हुनेलाई ४०, छैठौँलाई ३० र सातौँलाई २० हजार पुरस्कारको ब्यबस्था गरिएको छ ।।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *