पिएमपि डिआइडिको जज राउण्ड सम्पन्न, कोरीयोग्राफि राउण्डका लागि ३७ जना छनौट

२०७४ पुष ३०, आईतवार ११:३० गते २०७४ पुष ३०, आईतवार ११:३० गते २०७४ पुष ३०, आईतवार ११:३० गते

दिपक वली
दाङ ३० पौष
डीटेन इन्टरटेन्मेन्ट प्रा.लि द्धारा आयोजित राष्ट्र व्यापि नृत्य बिद्याको महासंग्राम डान्स आइकन दाङ सिजन २ को शनिबार भव्य समारोह बिच सम्पन्न सम्पन्न जज राउण्ड बाट कोरीयोग्राफि राउण्डका लागि ३७ जना छनौट भएका छन । गत पौष ८ गते घोराहीको भिङ्ग्रलि भिलेज होटलमा सम्पन्न डाइरेक्टर्स राउन्ड बाट जज राउण्डका लागि ३२ जना छनौट भएको रणनैतिक संयोजक बिष्णुुकुमार देवकोटाले जानकारी दिनुभयो । डान्स आइकन दाङ सिजन २ को रणनैतिक संयोजक बिष्णकुुमार देवकोटाको सभाअध्यक्षता एवं समाजसेवि ब्यापारी , आइटेल मोबाइलका आधिकारीक बिक्रेता तथा साउन्ड सिस्टम प्रायोजन गर्नु हुने तुलसिराम शर्माको प्रमुख आतिथ्य एवं सह– प्रायोजन गर्नुहुने तथा आइटेल मोबाइलका सिनियर सेल्स म्यानेजर मनिष कुमार गुप्ताको विसिस्ट आतिथ्यतामा सम्पन्न डाईरेक्टर्स राउण्ड बाट सलिना पुन,कल्पना घिमिरे,राकेश तामाङ,प्रबिन गुरुङ,मेगा पुन,उषा ठेडि,अस्मिता पुन,समिता पुन,अनिता रोका ,गंगा के.सि,प्रियङका डि.सि,तारा के.सि,सबिता के.सि,बिमल बुढाथोकि,कमल चौधरी,सागर वली,प्युठानि क्रिउ ग्रुप,द लास्ट होप,समिक्षा बस्नेत,सलिना पुन, हीरालाल परियार,सुरज निसाद ,जानकि रोका,एकराज रावत,प्रतिमा शेपाइलि , श्रिकृष्ण बस्नेत ,लक्षम सोनि,कुनाल विकि,डिपलव वली,भुपेन्द्र नेपाली ,सोभा बिक,रीना परीयार,शनम श्रेष्ठ,दिपिका रेग्मि,बिनोद चौधरीर माया योगि माग १३ गते आयोजना गरीने कोरीयोग्राफि राउण्डका लागि छनौट भएको संयोजक दिपक वलिले जानकारी दिनुभयो ।
राप्ति पोष्ट राष्ट्रिय दैनिकका प्रकाशक÷सम्पादक शरद् अधिकारी, पत्रकार सागर थापा, जागरण अनलाइनका सम्पादक निशान दाजु भट्टराइ, रेडियो मध्यपस्चिमका , कमल वली, रेडियो झरनाको स्टेसन म्यानजर अमिता चौधरी, सिएन मिडियाका प्रबन्धक नारायण नेपाल, एओन टेलिभिजनका प्रमुख अमृत मान ओलि, सैघालि खबर डटकमका संचालक यादव शैघाली, रेडियो इन्द्रेणिका स्टेसन म्यानेजर देव यादव लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको मुख्य निर्णायकहरुमा मोडल चन्दा दाहाल र मोडल एलिना देउजा रहनुभएको थियो । कार्यक्रमको सहजिकरण डिआइडि सिजन २ का संयोजक दिवक वलिले गर्नु भएको थियो । कोरीयोग्राफि राउण्ड माघ १३ गते शनिबार दाङमा आयोजना गरिने आयोजकले जनाएको छ । राष्ट्र व्यापि नृत्य बिद्याको महासंग्राम डान्स आइकन दाङ सिजन २ को जज राउण्डको सह–प्रायोजक आईटेल मोबाइलले गेको थियो साथै साउण्ड सिस्टम प्रायोजन आइटेल मोबाइलका आधिकारीक बिक्रेताका संचालक तुलसिराम शर्माले गर्नुभएको थियो । राष्ट्र व्यापि नृत्य बिद्याको महासंग्राम डान्स आइकन दाङ सिजन २ टाइटल प्रायोजन पिएमपि पोल्ट्रि फर्म एण्ड फ्रेस हाउस घोराही १० का संचालक पोषण नाथ योगिले गर्नुभएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *