प्रदेशको राजधानि माग गर्दै दाङमा आन्दोलन

२०७४ माघ ३, बुधबार ०७:४० गते २०७४ माघ ३, बुधबार ०७:४० गते २०७४ माघ ३, बुधबार ०७:४० गते

दिपक वली
माघ ३ दाङ
प्रदेश नं ५ को राजधानिको माग गर्दै दाङ जिल्लामा बुधबार देखि अनिश्चितकालिन आम हड्ताल तथा दाङ बन्दको घोषना गरेका छन । प्रदेश राजधनि बनाउने सवाललाई लिएर दाङबासि आन्दोलनमा उत्रिएका हुन । ५ नं प्रदेशको राजधानि बुटवल या लुम्बिनि तोक्ने कुरा बाहिर आएपछि दङगालि जनताले आन्दोलन सुरु गरेका हुन ।बिहानै देखि जिल्लाका मुख्य बजार घोराही ,तुलसिपुर ,लमहि,भालुबाङ र गढवा क्षेत्रमा जनताले टाएर बादलेर प्रर्दशन गरीरहेका छन ।जस अन्तर्गत पुर्व पश्चिम राजमार्ग संग संगै यहाँका ब्यापार ब्यबसाय ,कलकारखाना तथा स्कुल हरु पनि ठप्प रहेका छन । बन्दका कारण दाङको जनजिवन पनि निकै कष्टकर भएको छ भने लामो तथा छोटो दुरीका सवारी साधन पनि संचालनमा आउन सकेका छैनन् ।
दाङ प्रादेशिक राजधानि सरोकार समितिको अगुवाईमा आन्दोलन हिजो दिउसो २ बजेबाट सुरु भएको हो । बुधबार बिशान घोराहीको दाङ उद्योग बाणिँज्य संघको कार्यालयबाट सुरु गरीएको ¥यालि घोराही बजार परीक्रमा पश्चात तुलसिपुर चोकमा पुगेर कोण सभामा परीनत भएको थियो । कोणसभामा बोल्दै माओबादि केन्द्रका पोलिटब्युरो सदस्य निर्मल आचार्य ,नेपालि कांग्रेसका जिल्ला पचिव शंकर डागिँ,नेकपा एमालेका उपमहानगर इन्चार्ज बिबेक श्रेष्ठ ,दाङ जिल्ला उद्योग बाणिँज्य संघका पुर्व अध्यक्ष मधुसुधन बैध्यले कडा चेतावनिका साथ दाङलाई राजधानि घोषणा गर्न माग गरेका छन ।
सरकारले उच्च अदालत ,प्रदेश प्रहरी कार्यालय ,प्रदेश स्तरीय मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङमा स्थापना गरेका कारणले पनि अस्थाई मुकाम तोक्नु पर्नेमा पनि बक्ताहरुले जोड दिएका थिय । भौतिक संरचना , भौगोलिक दृष्टिकोनले पनि सुरक्षा ,हावापानि र सम्पुर्ण दाङको बनावटिले पनि दाङमा राजधानि हुनु पर्ने बताए ।कार्यक्रमका संयोजक नाराएन भुषालले राजनितिक पार्टि हरुलाइपनि आफ्नो पार्टिको झण्डा लिएर सडकमा उत्रन आग्रह गरे ।जतिसुकै अफ्ठेरो परिस्थितिमा पनि दाङलाई राजधानि बनाउने भन्दै जो कोहीले बन्द खुलाउन आट गरे सरकारी कार्यालयहरुमा समेत ताला लगाउने चेतावनि दिए ।
दाङ उद्योग बाणिँज्य संघका अध्यक्ष तथा कार्यक्रमका संयोजक नाराएण भुषालको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण पत्रकार महासंघका अध्यक्ष तथा समितिका सदस्य सभिव सबिन प्रियासनले गर्नुभएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *