ओमप्रकाश गुप्ता
भालुवाङ ४ माघ । पूर्व पश्चिम महेन्द्र राजमार्गको दाङ खण्डमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नंं ३ मसुरियामा बुधबार राति बसले ठक्कर दिँदा सोही गाउँपालिका वडा नं. ५ लठ्ठहवा निवासी १९ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। पोखराबाट तुलसीपुर जाँदै गरेको ना ५ ख ४६८६ नम्बरको बसले ठक्कर दिएको र बस अनियन्त्रित हुँदा बसमा सवार १० जना यात्रु घाइते भएका छन्। घाइतेहरुको अहिले कोहलपुर मेडिकल कलेज बाँकेमा उपचार भइरहेको छ। बस चालक प्रहरी नियन्त्रणमा छन् ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0