काठमाडौं-
प्रदेश नम्बर २ को अस्थाइ केन्द्र वीरगञ्ज माग गर्दै स्थानीयवासी आन्दोलनमा उत्रिएपछि वीरगञ्ज भन्सार कार्यालय ठप्प भएको छ।
सरकारले बुधबार जनकपुरलाई अस्थाइ केन्द्र घोषणा गरेलगत्तै स्थानीबासीले रातिदखि नै भन्सार कार्यालय ठप्प पारेका हुन।
जिल्ला प्रहरी कार्यालय पर्सा स्रोतका अनुसार भन्सार कार्यालय सँगै सवारी साधन र बजार ठप्प भएका छन्।
भारतबाट आयात हुने पेट्रोलियम पदार्थ लगायत आधाभन्दा बढी सामाग्री आपूर्ति वीरगञ्ज नाकाबाट हुने हुँदा त्यसले काठमाडौं लगायत मुलुकका विभिन्न ठाउँमा अभाव पैदा गर्ने अनुमान बढ्न थालेको छ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0