ओमप्रकाश गुप्ता
भालुवाङ ४ माघ । राजधानीको माग गर्दै बुधवार देखि थालिएको अनिश्चितकालिन बन्दले भालुवाङ महोत्सवलाई कुनै प्रभाव परेन महोत्सवमा दुर्गेश थापा आउने खवरले गाउँ गाउँबाट स्थानीयहरु पैदल हिडेर महोत्सव हेर्न गएका थिए । महोत्सवमा अहिले सम्मकै सवै भन्दा बढी भीड रहेको आयोजकले बताएको छ । इन्द्रेणी युवा क्लव भालुवाङको आयोजनामा सञ्चालित दोस्रो राप्ती कृषि पर्यटन औद्योगिक तथा व्यापारिक महोत्सव २०७४ को बुधवार छैठौ दिनमा करिव ८ हजार बढी दर्शकहरुले मेला अवलोकन गरेका छन् । “कृषि उद्योग व्यापार तथा पर्यटकको आगमन, राप्ती कृषि, पर्यटन महोत्सव २०७४ को अभियान” भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक स्थीत निमार्णाधिन बसपार्कमा महोत्सव सञ्चालन भएको छ । महोत्सवको छैठौ दिनमा
चर्चित युवा गायक दुर्गेश थापाले कि दुर्गेश रेलमा कि दुर्गेश जेलमा,रातो रातो खुर्सानी पिरो छ, मान्छे विन्दास पाराको, गोलो गोलो घेरा, तिनपाने, जस्ता आधा दर्जन बढी गीत गाउँदा दर्शकहरु हुटिङ मात्र गरेनन् आ आफनै स्थानमा उठेर धुलो उडाइ उडाइ नाचेका थिए । उनको दमदार ती गीतहरुले दर्शकहरुको हुटिङलाई प्रहरी र स्वमसेवकहरुलाई नियन्त्रणमा लिन हम्मे हम्मे परेको थियो । त्यस्तै कार्यक्रममा चर्चित लोकदोहरी गायिका खिमा सापकोटा, सरिता प्रजापती र डान्सर लक्ष्मी बोहरा लगायतका कलाकारहरुले गीत गाउदा दर्शकहरु छमछमी नचाएका थिए । त्यस्तै कार्यक्रममा स्थानीय कलाकारहरुले समेत भरपुर्ण मनोरञ्जन दिएको महोत्सवका निर्देशक बिराज बिष्टले जानकारी दिएका छन् । पौष २८ गते देखि माघ ८ गते सम्म संचालन हुने महोत्सवमा माघ ४ गते गायक तथा संगितकार गोविन्दमधुर आचार्य, डान्सर लक्ष्मी बोहरा लगायतका कलाकारहरु आउने निर्देशक बिष्टले जानकारी दिएका छन् । महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी लगायत अन्य थुप्रै आकर्षणका केन्द्रहरु रहेको महोत्सवका प्रेस संयोजक सन्तोषकुमार गुप्ताले जानकारी दिएका छन् ।
Views: 0