ओमप्रकाश गुप्ता
भालुवाङ ४ माघ । इन्द्रेणी युवा क्लव भालुवाङको आयोजनामा सञ्चालित दोस्रो राप्ती कृषि पर्यटन औद्योगिक तथा व्यापारिक महोत्सव २०७४ को विहिवार सातै दिनमा ३ हजार बढी दर्शकहरुले मेला अवलोकन गरेका छन् । महोत्सवको सातौ दिनमा चर्चित गायक तथा संगितकार गोविन्द मधुर आचार्य, हास्यकलाकार भटभटे माइला, डान्सर तथा मोडल लक्ष्मी बोहरा, रुविना अधिकारी, गायक गंगा पुन, गायक तथा मोडल पि.एन सापकोटा, गायिका खिमा सापकोटा, चर्चित पप गायक अमृत कौशल लगायतका कलाकारहरुले भरपुर्ण मनोरञ्जन दिएको महोत्सवका निर्देशक बिराज बिष्टले जानकारी दिएका छन् । पौष २८ गते देखि माघ ८ गते सम्म संचालन हुने महोत्सवमा भोली माघ ५ गतेको महोत्सव तताउन चर्चित गायिका तथा मोडल ज्योती मगर आउने महोत्सवका निर्देशक विराज विष्टले जानकारी दिएका छन् । साथै ज्योती सँगै गायक प्रेमविवश घर्ती, जयदेव देवकोटा, हास्यकलाकार भटभटे माइला लगायतका कलाकार आउने निर्देशक बिष्टले जानकारी दिएका छन् । बन्दका बाबजुद पनि मेलामा दर्शकहरुको सख्यामा कुनै कमी नआएको सचिवालय समितिका संयोजक सन्तोषकुमार योगीले जानकारी दिएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *