बन्दका बेला पनि भालुवाङ महोत्सवमा उर्लियो जनसागर ज्योतीको प्रस्तुती हेर्न गाउँ गाउँबाट आए दर्शक

२०७४ माघ ५, शुक्रबार १६:४७ गते २०७४ माघ ५, शुक्रबार १६:४७ गते २०७४ माघ ५, शुक्रबार १६:४७ गते

ओमप्रकाश गुप्ता
भालुवाङ ५ माघ । देउखुरीको भालुवाङमा सञ्चालित दोस्रो राप्ती कृषि पर्यटन औद्योगिक तथा व्यापारिक महोत्सवमा शुक्रवार ज्योती मगरको प्रस्तुती हेर्न गाउँ गाउँबाट के युवा के बुढापाकाहरु पैदल हिडेर भालुवाङ आएका थिए । महोत्सवमा ज्योती मगर आउने भए पछि ज्योती मगरलाई हेर्न मन नपराउनेहरु पनि पैदल हिडेरै आएका थिए । राजधानीको माग गर्दै अनिश्चितकालिन बन्दले पनि भालुवाङ महोत्सवलाई कुनै असर परेको छैन । दर्शकहरु ६–७ किलोमिटर पैदल हिडेरै दिनहु जसो महोत्सव हेर्न आउने गरेका छन् । महोत्सवको आठौ दिनमा चर्चित गायिका तथा मोडल ज्योती मगरले चोरी खान पल्केको यो ढाडे विरालो बोलको गित गाउदा दर्शकहरु उफ्रि उफ्रि नाचेका मात्र थिएनन् ज्योतीको त्यो प्रस्तुतीले खुट्टा टेक्ने ठाउँ समेत भएन् । “कृषि उद्योग व्यापार तथा पर्यटकको आगमन, राप्ती कृषि, पर्यटन महोत्सव २०७४ को अभियान” भन्ने मुल नाराका साथ इन्द्रेणी युवा क्लव भालुवाङको आयोजनामा सञ्चालित दोस्रो राप्ती कृषि पर्यटन औद्योगिक तथा व्यापारिक महोत्सव २०७४ को आठौ दिनमा चर्चित गायिका तथा मोडल ज्योती मगर सहितका कलाकारहरुले आफनो प्रस्तुती राख्दा हिजो अस्तीको तुलनामा शुक्रवार आठौँ दिन हजारौको संख्यामा दर्शकहरुले मञ्च भरिभराउ थियो । त्यस्तै उनले सुर्खेतको बुलबुले ताल, उहि मुलाको सिन्की उहि मुलाको चाना, जाले रुमाल सोल्टीलाई बैना, जिम्मल बाकी छोरी जस्ता गित संगितले दर्शकहरुको मनमा उमंग जगाएकी थिइन् । त्यस्तै मोडल तथा डान्सर टिका जैशी, गायक जय सापकोटा, प्रेमविवश घर्ती र हास्यकलाकार भटभटे माइला सहितका कलाकारहरुले भरिपूर्ण मनोरञ्जन दिएका थिए । महोत्सवको आठौ दिनमा मात्रै ९ हजार बढी दर्शकहरुले मेला अवलोकन गरेको महोत्सव व्यवस्थापन समितिका संयोजक रमेश खनालले जानकारी दिएका छन् । पौष २८ गते देखि माघ ८ गते सम्म संचालन हुने महोत्सवमा माघ ६ गते चर्चित चक्लेटी नायक दिलिप राइमाझी, चर्चित मोडल तथा डान्सर सन्ध्या पौडेल, लोकदोहरी गायक तिलक वली, राजेन्द्र चौधरी, गायिका दुर्गा वली लगायतका कलाकारहरु आउने महोत्सवका निर्देशक विराज बिष्टले जानकारी दिएका छन् । महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी लगायत अन्य थुप्रै आकर्षणका केन्द्रहरु रहेको महोत्सवका सचिवालय संयोजक सन्तोषकुमार योगीले जानकारी दिएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *