बालाराम खड्का/शरद रेग्मी/माघ ६, दाङ
दाङमा विगत ५ दिन देखि जारी आन्दोलन थप निर्णायक बन्दै गएको छ ।
आन्दोलनको पाचौं दिन आज महिलाहरु सडकमा आएका छन् । दाङ राजधानीको माग सहित सरकारको निर्णय फिर्ताको माग गदै महिलाले सडकमा आएका हुन । उनीहरुले तत्काल सरकारले निर्णय सच्याउनुपर्ने, नेताहरु पनि सडकमा आउनुपर्ने माग गदै तुलसीपुर बजारमा प्रर्दशन गरेका छन् ।
घर घरबाट निक्लीयर सडक ततायका महिलाहरुले हात हातमा थाल, डाढु , चम्चा र भाडाँ लियर सडकमा आन्दोलीत भएका छन । उनीहरुले -यालीमा भाडाँहरु बजाउदै विरोध जनाएको छन् ।
सरकारले प्रदेश नं ५को अस्थायी मुकमा दाङ नतोकेको भन्दै निर्णय फिर्ता नहुन्जेल आफुहरुको आन्दोलन जारीरहने बताएका छन् । सयौं संख्यामा भाडाँ बजाउदै सडकमा तताएका महिलाहरुले आन्दोलनलाई थप शसक्त गराउदै लैजाने महिला अधिकारकर्मी सुष्मा गिरीले बताउनुभयो ।
उहाँले सवै सिकीमले दाङ प्रादेसीक राजधानीको लागि उपयूक्त हुदा हुदा आफुहरुलाई अन्याय गरेको भन्दै आन्दोलीत हुनुपरेको बताउनुभयो ।
उहाँले महिलाहरुको आन्दोलन थप शसक्त बनाउदै लजने बताउनुभयो । गिरीले यस आन्दोलनमा सवैको सहभागीता हुनुपर्ने बताउनुभयो । त्यसैगरी आन्दोलनमा रहनुभएकी सावित्रा गुरुङले पनि अव महिलाहरु आन्दोलनलाई थप शसक्ति बनाउदै लैजाने बतानुभयो । महिलाहरुले आफुहरुले सडक संर्घलाई निर्णय फिर्ता नलिदा सम्म जारी राख्ने बताएका छन् ।
गाउँ गाउँमा बाट बजारमा आएका महिलाहरुले विरोध गदै आज दिनभर तुलसीपुर बजारमा प्रदर्शन गरेका थिए । त्यसैगरी तुलसीपुरमा महिलाहरुले आन्दोलन थालेका छन् भने अन्य दल र संघ संस्थाहरुले राजमार्ग केन्द्रीत आन्दोन गरेका छन् ।
Views: 0