प्रदेश राजधानीका लागि नेपालगन्ज आन्दोलित, आज बजार ठप्प

२०७४ माघ ६, शनिबार १०:२१ गते २०७४ माघ ६, शनिबार १०:२१ गते २०७४ माघ ६, शनिबार १०:२१ गते

प्रदेश राजधानी माग गर्दै आज शनिबार नेपालगन्ज ठप्प पारिएको छ । आज शनिबार बन्द आव्हानका कारण पसल, व्यवसाय ठप्प रह्यो ।
प्रदेश राजधानीको विषय पेचिलो बन्दै गएको छ । सरकारले प्रदेश नं. ५ को राजधानीलाई अस्थायी मुकाम रुपन्देहीमा घोषणा गरेपछि सरकारी संयन्त्र पहिलो बैठक स्थलको खोजीमा छ । तर, राजधानीका दाबेदार दाङ्ग र बाके आन्दोलित छन् । त्यसक्रममा बाकेमा पापडको अगुवाईमा शुक्रबार दबाब र्याली प्रदर्शन गरियो । ५ नं. प्रदेशको राजधानी नेपालगन्जमा घोषणा गर्न दबाब दिंदै सरकारले गरेको रुपन्देही घोषणाको विरोधमा र्याली निकालिएको हो । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सदस्य देखि प्रदेश सभा सदस्यसम्म सहभागी र्यालीमा व्यवसायिक क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति थियो ।

र्यालीपछिको विरोधसभामा सांसद मो. इस्तियाक राई, विधायक सुरेन्द्र हमाल, नेपालगन्जका नगर प्रमुख डा. धवल समशेर राणा लगायतले जुनसुकै दृष्टिकोणबाट पनि प्रदेश नं. ५ को राजधानी नेपालगन्ज उपयुक्त हुने बताए । उनीहरुले रुपन्देही हरेक दृष्टिले अपायक पर्ने धारणा राखे । शुक्रबार नै नेपालगन्ज उद्योग वाणिज्य संघमा बसेको सर्वपक्षीय बैठकले सरकारलाई आफ्ना माग र मुद्दाप्रति ध्यानाकर्षण गराउन शनिबार बजार बन्दको आव्हान गरेको छ । ‘यो सांकेतिक हो’, पापड बा“केका संयोजक समेत रहेका नेपालगन्ज बारका अध्यक्ष बल बहादुर चन्दले दैनिक नेपालगन्जस“ग भने, ‘सरकार गम्भीर नभए आन्दोलन चर्किदै अगाडी बढ्छ ।’ नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यका अनुसार, यातायात नभई बजार बन्द आव्हान मात्र गरिएको हो ।

आगामी आन्दोलनका कार्यक्रम तय गर्न आज शनिबार सर्वदलीय बैठक राखिएको छ । बैठक तयारीका लागि विभिन्न व्यक्तित्वलाई जिम्मेवारी दिइएको अधिवक्ता चन्दले जानकारी दिए । वाम गठबन्धनका लागि निरक गुरुङ्ग, का“ग्रेसका बुद्धिसागर सुवेदी, राप्रपा नेपालका डा. धवल समशेर राणा, सलाउद्दिन जसगढ, पापडका लागि बल बहादुर चन्द तथा ई. निमेष शर्मा, संघीय समाजवादी फोरमका लागि मो. इस्तियाक राई, उद्योगी, व्यवसायीका लागि नन्दलाल वैश्य, साझा विवेकशीलका डा. विनोद कर्ण लगायतलाई जिम्मेवारी दिइएको बताइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *