दिपक वली
घोराही ६, पौष
दाङमा आन्दोलनको स्वरुप परिवर्तन हुने भएको छ । प्रदेश नम्बर पाँचको अस्थायि राजधानी बुटलवलमा तोकिएपछि गत २ गते देखि यहाँ आमहड्ताल सुरु गरीएको थियो । शनिबार राति ११ बजेदेखि आमहड्ताल स्थगित हुने भनिए पनि ७ बजेबाट गाडिहरु संचालनमा आएका छन । तर अन्य विरोधका कार्यक्रम भने जारी राख्ने संयुक्त संघर्ष समितिले जनाएको छ ।
कालोझण्डा प्रदर्शन , बिरोधसभा, रिले अनशन ,ज्ञापन पत्र बुझाउने , धर्ना दिने , कोण सभा गर्ने, डेलिगेसन जान जस्ता अन्य ‘सबै प्रकारका आन्दोलन तथा संघर्ष चलिरहन्छ तर आमहड्ताल भने आज देखि स्थिगीत गर्ने संयुक्त संघर्ष समितिका संयोजक टीकाराम खड्काले जानकारी दिए ‘हामी बैठकमै छौं, आज राति देखि आमहड्ताल स्थगित हुन्छ उनले भने । आइतबार सबै दाङबासीलाई आफ्नो निवासमा कालो झण्डा राख्न अनुरोध गर्ने, सार्वजनिक स्थानमा कालोझण्डा गाड्ने, दिउँसो १ बजे जिल्लाका मुख्य बजार घोराही, तुलसीपुर, लमही र भालुबाङमा कालोपट्टीसहित बिरोध जुलुश गर्ने निर्णय भएको खड्काले बताए ।
बाँकी कार्यक्रम आइतबार बस्ने बैठकले तय गर्ने पनि उनले जानकारी दिए ।बैठकमा एमाले अध्यक्ष खड्काका साथै जिल्ला ईञ्चार्ज मेटमणी चौधरी, जिल्ला उपसचिव सुरामणी बेल्बासे, काँग्रेस सभापति किर्तीबहादुर खड्का, उपसभापति कमानसिंह भारती, सचिव शंकर डाँगी, माओवादी केन्द्रका जिल्ला ईञ्चार्ज जीवन गौतम, सहईञ्चार्ज आचार्य लगाएतको सहभागिता थियो ।
माघ २४ गते राष्ट्रियसभा सदस्यको निर्वाचन दाङमा हुँदैछ । सो निर्वाचनमा दङगालिको भुमिकालाइ मध्यनजर गर्दै र सर्वसाधारण नागरिकहरु बिभिन्न किसिमका मारमा परेको भन्दै आम हड्तालको कार्यक्रम स्थगित गर्ने निर्णए गरेका छौ । संयुक्त सर्वदलीय संघर्ष समितिको शनिबार बेलुका बसेको बैठकले हाललाई बन्द र हड्तालका कार्यक्रम स्थगित गरी आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको हो ।
आमहड्तालर बन्द मात्र स्थिगित गरीने र अन्य बिरोधका कार्यक्रम भने यथावत रहने समितिले जनाएको छ । उद्योग वाणिज्य संघले सुरुमा नेतृत्व गरेको आन्दोलन पछि राजनीतिक दललाई हस्तान्त्रण गरेको थियो ।
Views: 0