ओमप्रकाश गुप्ता
देउखुरी ६ माघ । देउखुरीको भालुवाङमा सञ्चालित दोस्रो राप्ती कृषि पर्यटन औद्योगिक तथा व्यापारिक महोत्सवमा शनिवार चलचित्र क्षेत्रका बहुचर्चित चक्लेटी नायक दिलिप राइमाझीको प्रस्तुती हेर्न दर्शकहरु झमक्क साझ पर्दा सम्म बसीरहेका थिए । मात्र दर्शकहरुको आश थियो नायक दिलिप राइमाझीले कुनै फिल्मी अभिनय गर्छन भन्ने आश थियो । तर राइमाझीको स्वास्थ्य समस्याका कारण उनले एउटा नृत्य मात्र देखाए । गाउँ गाउँबाट नायक राइमाझीको धेरै प्रस्तुती हेर्ने सपना दर्शकका लागि अधुरो रहयो । नायक राइमाझीले धेरै प्रस्तुती देखाउन नसके पनि दंगाली चर्चित लोकदोहरी गायक तिलक वली, डिला बस्यालले विभिन्न लोकभाका गाउँदा भने दर्शकहरु रमाएका थिए । त्यस्तै कार्यक्रममा चर्चित मोडल तथा डान्सर सन्ध्या पौडेलले महोत्सव तताएका थिए महोत्सवको शनिवार नवौ दिनमा ८ हजार बढी दर्शकहरुले मेला अवलोकन गरेका छन् । इन्द्रेणी युवा क्लव भालुवाङको आयोजनामा पौष २८ गते देखि माघ ८ गते सम्म संचालन हुने महोत्सवमा माघ ७ गते चर्चित लोकदोहरी गायक तथा मोडल संदिप न्यौपाने, मोडल तथा डान्सर सन्ध्या पौडेल, पप गायक कमल खत्री, लोकदोहरी गायिका डिला बस्याल, गायिका शितल शर्मा लगायतका कलाकारहरु आउने निर्देशक बिष्टले जानकारी दिएका छन् । महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी लगायत अन्य थुप्रै आकर्षणका केन्द्रहरु रहेको महोत्सवका सचिवालय संयोजक सन्तोषकुमार योगीले जानकारी दिएका छन् ।
Views: 0