कुनै पनि हालतमा स्थायी राजधानी दाङ हुन्छ ः महरा

२०७४ माघ ६, शनिबार १६:३६ गते २०७४ माघ ६, शनिबार १६:३६ गते २०७४ माघ ६, शनिबार १६:३६ गते

ओमप्रकाश गुप्ता
देउखुरी ६ माघ । नेकपा माओवादी केन्द्रका नेता कृष्णवहादुर महराले स्थायी राजधानी कुनैपनि हालतमा दाङ हुने दावी गरेका छन । सरकारले पाँच नम्बर प्रदेशको अस्थायी राजधानी रुपेन्देहीलाई तोकेको विरोधमा दाङ जिल्ला संयुक्त संघर्ष समितिले दाङको लमहीमा आयोजना गरेको संयुक्त विरोध सभामा सम्बोधन गर्दै महराले सरकारले पायक पर्ने स्थानमा अस्थायी राजधानी नतोकेकै कारण प्रदेशसभावाट स्थायी राजधानी परिवर्तन हुने विश्वास व्यक्त गरेका छन । सरकारको प्रशासनीक समिति, आयोगको प्रतिवेदनले दाङलाई राजधानी उपयूक्त टहर गरेको, राष्ट्रियसभा निर्वाचनको कार्यालय दाङमै छ,कसलाई खुसी पार्न रुपन्देही गयो म पनि अचम्म परेको छु, महराले भने । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता महराले आफूहरु सँगको छलफलमा प्रधानमन्त्रीले पाँच नम्बर प्रदेशको राजधानी दाङ हुने वताएपनि एकाएक निर्णय परिवर्तन गरेको भन्दै चिन्ता व्यक्त गरेका छन । निवर्तमान उपप्रधानमन्त्री समेत रहेका महराले आफूहरुलाई वर्तमान सरकारले विना विभागिय मन्त्री वनाए पनि निर्वाचन सुनिश्चितताको लागि सरकार नछाडेको स्पष्ट पारेका छन् । विगत चार दिन देखी आन्दोलनमा रहेका दंगालीवासीलाई सम्बोधन गर्दै नेता महराले आन्दोलनको स्वरुप परिवर्तन गर्न समेत आग्रह गरेका छन् । हाम्रो आन्दोलन जारी छ । तर वन्द हड्ताललाई परिवर्तन गरी अन्य दवाव मुलक कार्यक्रम सिर्जना गर्न सक्छौ । नेता महराले भने,आफूले काग्रेस नेता खुमवहादुर खड्का, डिल्ली चौधरी र एमालेका नेता शंकर पोख्रेल सँंग पनि छलफल चलाइरहेको भन्दै दाङमा हुने राष्ट्रियसभा निर्वाचन लाई सफल रुपमा सम्पन्न हुन दिन आग्रह गरेका छन् । यसैविच दाङलाई राजधानी माग गर्दै छिमेकी जिल्ला नेता कार्यकर्ता लमहीमा आएका छन् । रुपेन्देहीलाई अस्थायी मुकाम तोकपछी आक्रोसित वनेका छिमेकी जिल्ला रुकुम र रोल्पाका प्रदेश सभासदहरु लमहीमा आएका हुन् । रोल्पावाट निर्वाचीत प्रदेशसभा सदस्य कुलप्रसाद केसी,रुकुमवाट प्रदेशसभा सदस्य पूर्णवहादुर घर्ती लगायतका नेताहरु दाङको लमहीमा आएका थिए । छिमेकी जिल्लाका प्रदेशसभा सदस्यहरुले सरकारले पाँच नम्बर प्रदेशको राजधानी दाङ तोक्न आग्रह गरेका छन् । दाङका एमाले, काग्रेस, माओवादी लगायतका नेताहरुले एउटै मंञ्चवाट सरकारको आलोचना गर्दै प्रदेश नम्बर पाँचको राजधानी दाङ तोक्न आग्रह गरेका थिए । विरोध सभामा संघर्ष समीतिका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका दाङ जिल्ला सभापती कृतीवहादुर खड्का,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन गौतम ,दाङ उद्योग वाणीज्य संघका अध्यक्ष नारायण भुसाल,नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सवीन प्रियासन, ,लगायतका नेताहरुले सभाको सम्वोधन गरेका थिए । विरोध स्वरुप आजै आन्दोलन पक्षले लमहीको निर्माणधीन वहुउद्देश्यीक भवनमा प्रदेश संसद भवन लेखीएको वोर्ड राखेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *