दिपक वली
माघ ७ घोराही
दाङको घोराहीमा लघु नाटक प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । निड नेपाल फाउन्डेसनको आयोजनामा अनाथ बालबालिकाको लागि सहयोग स्वरुप दाङको घोराहीमा उक्त कार्यक्रम हुने भएको हो । भ्यालेन्टाइन डे को अबसर पारेर दाङमा पहिलो पटक लघु नाटक प्रतियोगिता तथा बिभिन्न साँस्कृतिक कार्यक्रम हुने आयोजनले जनाएको छ ।
निड नेपाल फउन्डेसनले आज घोराहीमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो । निड नेपाल फाउन्डेसनका अध्यक्ष बिकाश गुप्ताको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष आर के शितलको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा माघ २९ गते घोराहीमा लघु नाटक प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम गर्ने जानकारी दिइएको हो ।
फाउन्डेशनका सदस्य डिल्लिराज शर्माले दाङमा अहिले सम्म यस्तो खालको नाटक प्रतियोगिता नभएको र दाङलाई नाटक तथा बिभिन्न किसिमका कला बाट बलियो बनाउने बताउनु भयो । बिभिन्न तरीकाबाट निर्माण गरीएका प्रेम सम्बन्धिका नाटकहरुलाई प्रतियोगिताका माध्यमबाट लुकेका कलालाई प्रस्फुटन गर्ने गरी कार्यक्रम गर्न लागिएको उँहाले बताउनु भयो ।
प्रतियोगिताका भाग लिनको लागि निशुल्क फारम उपलब्ध गराइने र प्रतियोगि समुहमा बढिमा पाँच जना हुनुपर्ने, न्युनतम पाँच मिनेट देखि अधिकतम १० मिनेट सम्मको नाटक हुनुपर्ने, प्रेमको विषयलाई समेटेर बनाईएको नाटक हुनु पर्ने कुरापनि आयोजकले बताएको छ । प्रतियोगिलाई फारम जनता बुक स्टलमा पाईने पनि अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।
अनाथ बालबालिकाहरुको सहयोगार्थ सञ्चालन गर्न थालिएको कार्यक्रमको पत्रकार सम्मेलनमा बोल्दै फउन्डेशनका सदस्य समेत रहेका शर्माले प्रतियोगिता दुई चरणमा सञ्चालन गरीने जानकारी दिनुभयो । पहिलो चरणमा माघ २७ गते सम्पुर्ण नाटकहरु मध्य १० वटा नाटक छनौट गरीने र दोस्रो चरणमा १० वटा नाटकबाट प्रथम, दोस्रो र तेस्रो नाटक छनौट गरीने बताउनुभयो । लघुनाटक प्रतियोगिता तथा सास्कृतिक कार्यक्रममा प्रबेश शुल्क रु २ सय को टिकटको ब्यबस्था छ ।
प्रतियोगितामा पहिलो हुनेलाई १० हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार पुरस्कारको व्यवस्था गरीएको छ । नाटक प्रतियोगिता संगसंगै विभिन्न सांगीतिक कार्यक्रमहरु समेत सञ्चालन गरीने शर्माले बताउनुभयो ।
Views: 0