पद्योदयमा पनि मन्टेश्वरी सुरु
दाङको घोराही १८ स्थिति मावि रझेनाले शैक्षिक गुणस्तर सुधार गर्न मन्टेश्वरी कक्षा सञ्चालनमा ल्याएको छ । कक्षाको सोमवार उद्घाटन गरिएको हो । भर्ना शुरु भएको पहिलो दिनमै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जीवन गौतम, पत्रकार नरेन्द्र केसी, दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य पिताम्बर पौडेललगायतका ३२ अभिभावकले आफ्ना छोराछोरी भर्ना गरेका छन् ।
घोराही उपमहागरपालिका प्रमुख नरुलाल चौधरीले रिवन काटेर उद्घाटन गरेको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमेशकुमार मैनालीले विद्यार्थीको नाम लेखेर भर्ना गरिदिनुभएको थियो ।
अध्यक्ष गौतमले २०४६ को परिवर्तनपछि धेरै कुरामा सुधार आए पनि सार्वजनिक निकायलाई निजीकरणको बाढीले बगाएको भन्दै आफूहरुले गरेको काम विद्यालय सुधारका लागि महत्वपूर्ण हुने बताउनुभयो ।
यसलाई माथिल्लो कक्षासम्म विस्तार गर्दै सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने प्रमाणित गर्ने बताउनुभयो । प्रमुख अतिथि चौधरीले चौधरीले गुणस्तरीय शिक्षा उपमहानगरको लक्ष्य भएकाले यो कार्यक्रमका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले विद्यालयले चाहे शैक्षिक सुधार संभव रहेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक उद्धव न्यौपानेले गत बर्षदेखि अंग्रेजी माध्यमबाट पठनपाठन थालेको जानकारी दिंदै यो कार्यक्रमले विद्यालयलाई धेरै अगाडि लैजाने विश्वास व्यक्त गर्नुभयो । यता, घोराही भरतपुरस्थित पद्योदयमा मन्टेश्वरी शिक्षा सुरु भएको छ । सोमवार औपचारीक कार्यक्रम गरी मन्टेश्वरी शिक्षा सञ्चालन भएको हो ।
Views: 0