बुटवललार्इ राजधानी बनाएको विरोधमा राजीनामा दिने राज्यमन्त्रीको घोषणा

२०७४ माघ ८, सोमबार १६:५१ गते २०७४ माघ ८, सोमबार १६:५१ गते २०७४ माघ ८, सोमबार १६:५१ गते

८ माघ, दाङ । श्रम राज्यमन्त्री डिल्ली चौधरीले पदबाट राजीनामा दिने भएका छन् । राजीनामाका लागि चौधरी अहिले प्रधानमन्त्री निवास जाँदैछन् ।

अस्थायी मुकाम दाङ नतोकेकोमा आक्रोशित चौधरी भर्खरै दाङबाट काठमाडौं पुगेका छन् । चौधरीले आफूले नैतीकताका आधारमा राजीनामा दिन थालेको जानकारी दिए ।

प्रदेशको अस्थायी मुकाम दाङ तोक्ने आधार हुँदाहुँदै प्रधानमन्त्रीले नेताहरुको दबाबमा बुटवललार्इ अस्थायी मुकाम तोकेको चौधरीको आरोप छ ।

दाङबाट प्रदेशसभा सांसदमा निर्वाचित चौधरी देउवाका विश्वासपात्रको रुपमा चिनिन्छन् । ‘प्रधामन्त्रीले गम्भिर गल्ती गर्नुभएको छ’ उनले भने, ‘अब प्रदेशसभाबाट दाङ राजधानीका लागि पहल गर्छु ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *