दाङ, ९ माघ
दाङको घोराहीमा दाङ ब्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरिय औद्योगीक कृषि प्रदर्शनी हुने भएको छ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा फागुन ३ गतेदेखि १३ गतेसम्म प्रदेशस्तरिय औद्योगीक कृषि प्रदर्शनी हुने भएको हो ।
दाङ जिल्ला उद्योग बाणिज्य संघले मंगलबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर औद्योगीक कृषि प्रदर्शनी गर्न लागेको जनाएको छ । ‘उद्योग ब्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मुल नाराका साथ औद्योगीक कृषि प्रदर्शनी गर्न लागेको जनाएको हो ।
प्रदेशस्तरको औद्योगीक कृषि प्रदर्शनीमा हस्तकला, कृषि, जडिबुटी तथा पर्यटन सुचना एवं सुचना प्रविधीको प्रशर्दनी, विभिन्न विषयमा जानकारी दिने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक नारायणप्रसाद भुषालले जानकारी दिनुभएको छ ।
यसभन्दा अगाडि दाङ जिल्ला उद्योग बाणिज्य संघले २०६३, २०६९ र २०७२ सालमा महोत्सव सञ्चालन गरेर उदाहरणीय कार्य गरेको भन्दै अध्यक्ष भुषालले औद्योगीक क्षेत्र बिकासको औचित्यका बारेमा कृषि प्रदर्शनीले भुमिका खेल्ने जानकारी दिनुभयो । भुषालको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा सल्लाहकार, पदाधिकारी, सदस्य तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।
महोत्सव सफल पार्नका लागि दाङ जिल्ला उद्योग बाणिज्य संघले विभिन्न उपसमिति गठन गरेको छ । महोत्सवमा एक सय ९० देखि दुई सय १० वटा स्टल निर्माण हुने जनाइएको छ । महोत्सव संयोजक भुषालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन संघका महासचिब नरेश कार्कीले गर्नुभएको थियो ।
Views: 0