कांग्रेसले ४ प्रदेशवाट राष्ट्रियसभाको उम्मेदवार तयार ग¥यो

२०७४ माघ ९, मंगलवार १६:०८ गते २०७४ माघ ९, मंगलवार १६:०८ गते २०७४ माघ ९, मंगलवार १६:०८ गते
nepali-congress-party-office-

काठमाडौं ९ माघ । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि प्रदेश ४, ५, ६ र ७ बाट चार/चार जना उम्मेदवार छनोट गरेको छ। पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको पार्टी शीर्ष नेताको बैठकले चारवटा प्रदेशबाट उम्मेदवार हुनेको नाम चयन गरेको हो।

शीर्ष बैठकले सोमबार नै प्रदेश( ७ बाट केन्द्रीय सदस्य बद्री पाण्डेलाई खुला सदस्यतर्फ उम्मेदवार बनाउने निर्णय गरिसकेको थियो। प्रदेश १, २ र ३ बाट उम्मेदवारको नाम छनोट गर्न भने बाँकी रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कांग्रेसले केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, नेतृ वृन्दा राना मगर, जीतबहादुर नेपाली र प्रकाश पन्त (अपा‌ंग)लाई प्रदेश( ४ बाट राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रदेश( ५ बाट दुर्गाप्रसाद उपाध्याय, अनिता देवकोटा, मैकुलाल बाल्मीकि र लुटबहादुर खत्री (अपांग ) लाई उम्मेदवार बनाएको छ। कांग्रेसले प्रदेश( ६ बाट विष्णुबहादुर शाही, सूर्यदेवी मल्ल, सीताराम विके र गोपालप्रसाद शर्मा (अपांग) लाई उम्मेदवार बनाएको छ। कांग्रेसले यसअघि नै प्रदेश( ७ बाट बद्री पाण्डे, तारादेवी भट्ट, शेरीराम पार्की र छत्रराज जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। प्रत्येक प्रदेशमा ८/८ जना उम्मेदवार उठाउनुपर्छ।

तीन महिला, तीन खुला, एक दलित र एक अपांग तथा अल्पसंख्यकका लागि सिट सुरक्षित गरिएको हुन्छ । तर, कांग्रेसले चार प्रदेशमा चार जनालाई मात्र उम्मेदवार बनाउने निर्णय गरेको हो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *