राप्ती गाउँपालिकामा विकास योजनाको अनुगमन

२०७४ माघ १२, शुक्रबार १५:०२ गते २०७४ माघ १२, शुक्रबार १५:०२ गते २०७४ माघ १२, शुक्रबार १५:०२ गते

ओमप्रकाश गुप्ता

सिसहनियाँ १२ माघ । राप्ती गाउँपालिकाको दोश्रो चौमासीक भित्र सम्पुर्ण स्वीकृत विकास निर्माण योजना सम्पन्न गरी जनताको जनजीवन सहज गराउन सम्पुर्ण वार्ड कार्यालयलाई अनुरोध गरीएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिएका छन् ।
राप्ती गाउँपालिकाको सबै वार्डहरुमा विकासका योजना धमाधम सुरु भैरहेका छन् । हिजोका दिनमा हिलो बाटोमा हिड्नु पर्ने अवस्था, कुलोपानी तर्नुपर्ने अवस्था, खोलाले खेत बगाउने अवस्था रोकीन थालेका छन् । साना देखी ठुला विकासका योजना सबै नागरिकको सहभागीतामा प्रत्यक्ष जनप्रतिनिधिको रोहवरमा गर्दा गराउदा गुणस्तरीय र राम्रो काम हुदै आएको स्थानयी खेमबहादुर खड्का बताए ।
राप्ती गाउँपालिकाको वार्ड न. ४ को करम्दी खोला र कुईराले खोलाले बुढिचौरका जनतालाई सधै सताई रहन्थ्थो तर यस पाली वार्ड कार्यालयको दुई लाखको बजेट र जनश्रमदानले तटबन्ध गर्दा अव सिङगो गाउँ सुरक्षित हुने स्थानीय विरबहादुर केसीले बताए ।
वर्षा सुरु भए पछि बाटो हिलाम्मे भएर, बाटो भरी पानी भएर हिड्न गारो हुने पैसट्ठी नम्वर गाउँ र बुढिचौर गाउँका जनताले वार्ड कार्यालयको ५ लाखको सहयोगमा जनश्रमदान गरी पक्की नाली निर्माण गरे पछि नागरीकले हिड्न सहज महसुस गरेको राप्ती गाउँपालिका वार्ड नं. ४ का वार्ड अध्यक्ष विष्णु बहादुर जि.सीले जानकारी दिएका छन् ।
राप्ती गाउँपालिका वार्ड नं. ५ को कालापानीमा कोहलुवा पहरुवा जोड्ने बन खोलामा वार्ड कार्यालयको ५ लाख र जनश्रमदानमा कल्भर्ट बने पछि जनजिवन सहज बनेको वार्ड अध्यक्ष गोवर्धन रावत बताउछन् । राप्ती गाउँपालिका विकास योजनाहरुलाई समयमै सम्पन्न गर्न र गुणस्तरमा राम्रो गर्न गराउन हरेक नागरीक र जनप्रतिनिधिलाई जागरुक हुन गाउँपालिकाले आग्रह समेत गरेको योजना अनुगमन समितिकि संयोजक तथा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले जानकारी दिएकी छिन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *