स्पष्ट कानुनको अभावमा काम गर्न गाह्रो उपमेयर बेल्वासे

२०७४ माघ १२, शुक्रबार १५:१९ गते २०७४ माघ १२, शुक्रबार १५:१९ गते २०७४ माघ १२, शुक्रबार १५:१९ गते

ओमप्रकाश गुप्ता
लमही १२ माघ । लमही नगरपालिकाकी उपप्रमुख देबका बेलबासेले स्पष्ट कानुनको अभाबमा लमही नगरपालिकामा गठित न्यायिक समितिले सहज रुपमा न्याय सम्पादन गर्न नसकेको बताएका छन् ।
न्यायिक समितिमा थुप्रै उजुरी आउने गरेको भएतापनि न्यायिक समितिलाई न्याय निरुपणका लागि प्रष्ट कानुनी आधार नभएको कारण सामान्य प्रकृतिका घटनाहरुलाई मिला पत्रमै टुङगाउने र अन्य उजुरीहरुमा न्यायको लागि पहलगर्ने बाहेकको काम गर्न नसकेको उनले बताइन ।
पहँुच परियोजनाको सहयोग तथा वडा प्रहरी कार्यालय लमही देउखुरी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा विहीवार लमहीमा आयोजित लैङगिक हिंसा न्युनिकरण सम्बन्ध सरोकारवाला सगको अन्र्त्क्रिया कार्यक्रममा प्रमुख अतिथि बेलबासेले त्यस्तो धारणा व्यक्त गरेकी हुन । उनले महिला भएकै कारण महिला माथि हुने लैङगिक हिसा न्युनिकरण गर्न महिला स्वयम आत्म निर्भर हुनुपर्नेमा जोड दिइन । कार्यक्रममा वडा प्रहरी कार्यालय लमहीका प्रहरी सहायक निरिक्षक टिकाराम वलीले हिंसा पिडित महिलालाई न्याय दिन प्रहरी सदैब कटिबद्ध रहेको बताए । तर कार्यक्रममा सहभागि अन्य महिलाहरुले प्रहरीले सहज तरिकाले न्याय प्रदान गर्न नसकेको , पहुँचको आधारमा अरुको दबाब र प्रभाबाट न्याय दिने गलत परिपाटीका कारण पिडितले न्यायको सट्टा थप पिडा भोग्न बाध्य भएको बताएका थिए ।
महिलालाई कानुनले दिएको अधिकार सहि तरिकाले प्रयोग गर्न प्रहरीलाई उनीहरुलाई सुझाब दिएका थिए । कार्यक्रममा दीपा खत्री,जानका पाण्डेय लगाएतले मनतव्य व्यक्त गरेका थिए । देउखुरी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष योगमाया शाहीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिब गौरब आचार्यले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *