जखेरामा पर्यटन तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने

२०७४ माघ १२, शुक्रबार १५:२६ गते २०७४ माघ १२, शुक्रबार १५:२६ गते २०७४ माघ १२, शुक्रबार १५:२६ गते

ओमप्रकाश गुप्ता
सिसहनियाँ १२ माघ । देउखुरीको चर्चित पर्यटकीय स्थल जखेरा तालमा दिने महोत्सव ३ दिन सञ्चालन हुने भएको छ । माघको २९ गते देखि फाल्गुनको २ गते सम्म पर्यटन तथा साँस्कृतिक महोत्सब संञ्चालनमा ल्याइने भएको महोत्सब ब्यबस्थापन समितिका संयोजक लोकमनी बन्जाडेले जानकारी दिएका छन् जखेरा ताल तलैयाको संरक्षण सम्बर्धन गर्ने मुख्य उद्देश्यका साथ महोत्सब संचालनमा ल्याइन थालिएको हो । जखेरा ताल शिवालय प्रतिष्ठानको आयोजनामा ३ दिने महोत्सबमा बरिष्ठ लोक तथा दोहोरी गायक बद्री पंगेनी , नायक तथा मोडेल गोरान चौधरी , मोडेल तथा डान्सर आरुसी मगर , विजय पुन ,मनु थापा लगायत कलाकारको बेजोड प्रस्तुती रहने आयोजकले बताएको छ । झन्डै ५० ओटा स्टलहरु राखिने महोत्सबमा ५ बर्ष मुनिका बालबालिकाहरुलाई प्रवेश शुल्कमा छुट दिईने छ भने अन्य महानुभाबहरुलाई ५० रुपैया शुल्क निर्धारण गरिएको प्रतिष्ठानका अध्यक्ष राम प्रसाद उपाध्यायले जानकारी दिएका छन् । बिगत बर्षमा जस्तै गरिदै आएको कार्यलाई यस बर्ष पनि निरन्तरता दिन लागिएको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *