राष्ट्रिय खेलबाट फेरि पायो प्रिन्स स्कुलले मेडल

२०७४ माघ १२, शुक्रबार १५:२९ गते २०७४ माघ १२, शुक्रबार १५:२९ गते २०७४ माघ १२, शुक्रबार १५:२९ गते

लमही १२ माघ दाङको लमहिमा रहेको प्रिन्स ङइ्ग्लिस मोडेल बोर्डिङ स्कुलले राखेप च्यम्पियनसिप २०१७ को दसौँ राष्ट्रिय सफ्टटेनिस च्याम्पियनसिप खेलमा आफ्नो कुशल प्रदर्शन गर्दै मेडल हात पारेको छ । प्रदेश नं. १ को मोरङ जिल्लाको विराटनगरमा माघ ४ गते देखि ७ गते सम्म भएको च्याम्पियनसिप खेलमा मेन्स टिम इभेन्टअन्तर्गत प्रदेश नं. ५ को दाङ जिल्लाको लमहीमा रहेको प्रिन्स इङ्ग्लिस मोडेल बोर्डिङ स्कुलका कक्षा ८ का शुभम् खनाल, शुरज चौधरी, कक्षा ९ का समिर के.सी र योगेस भण्डारी नेपालभरमै दोस्रो स्थान पक्का गर्न सफल भएका हुन् भने ओमेन टिम इभेन्ट अन्तर्गत कक्षा ८ मा अध्ययनरत आस्मा भुसाल, कक्षा ५ मा अध्ययनरत विनिता जि.सी, बिमला पन्थी, कक्षा ४ मा अध्ययनरत लक्ष्मी नेपाली, र रितिका चौधरीले नेपालभरमै तेस्रो स्थान हासिल गर्न सभफ भएका छन् ।

खेल्दै पढ्न खोजौ प्रिन्स स्कुलनै रोजौ भन्ने मुल नाराका साथ देउखुरी उपत्यकामै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आज एक कार्यक्रको आयोजना गरी राखेप च्यम्पियनसिप २०१७ को दसौँ राष्ट्रिय सफ्टटेनिस च्याम्पियनसिप खेलमा सहभागी भई सफल हुने आफ्ना विद्यार्थीहरूलाई एक कार्यक्रमको आयोजना गरी अभिर टीका, मेडल तथा प्रमाण–पत्र प्रदान गरी सम्मान गरेको छ । कार्यक्रममा विद्यायका प्रिन्सिपल द्रोण पोख्रेल, भाइस प्रिन्सिपल रोशी खनाल, सिसिय कोर्डिनेटर महावीर डागी, विद्यालयका माध्यमिक तहका शिक्षक तथा निम्न माध्यमिक तहका इन्चार्ज एवम् मिडिया पर्सन हुकुमानन्द पाण्डेय, विद्यालकी प्रि लेबल इन्चार्ज पुनम पौडेल, खेलाडी विद्यार्थीका अभिभावक तथा विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिका एवम् विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

राखेप च्यम्पियनसिप २०१७ को दसौँ राष्ट्रिय सफ्टटेनिस च्याम्पियनसिप खेलका लागि दाङको लमहीमा रहेको प्रिन्स इङ्ग्लिस मोडेल बोर्डिङ स्कुलमा छनौट खेल सम्पन्न भएको थियो । प्रदेश नं. ५ को खेलाडी छनौट गर्ने जिम्मा उक्त स्कुलका खेल प्रशिक्षक तथा अन्तराष्ट्रिय खेलाडी राजकुमार थापालाई प्रदान गरिएको थियो ।

विद्यालयबाट यस अघि विराटनगरमा भएको सातौ राष्ट्रिय खेलमा ५ जना विद्यार्थीहरू सहभागी भई ६ ओटा मेडल प्राप्त गर्न सफल भइसकेका छन् भने यस विद्यालको कक्षा ८ मा अध्ययनरत विद्यार्थी शुरज चौधरी दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय खेल समेत खेलिसकेको त्यहाबाट विद्यालयका माध्यमिक तहका शिक्षक तथा निम्न माध्यमिक तहका इन्चार्ज एवम् विद्यालयका मिडिया पर्सन हुकुमानन्द पाण्डेयले जानकारी दिनुभएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *