काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट धोका हुन सक्ने आशंका गरेका छन् । आफ्नो कोर टिमसँग उनले आगामी यात्रामा प्रचण्डबाट धोका हुन सक्ने भन्दै बेलैमा सचेत हुन भनेका छन् ।
अध्यक्ष ओलीले प्रचण्डबाट आफ्नो नेतृत्वमा बनेको सरकार ढाल्न खेलेको खेलेको भूमिका रहस्यमय रहेको भन्दै कुनै पनि बेला प्रचण्डबाट धोका हुन सक्ने आशंका गरेका छन् । ओलनिकट अन्य नेताहरुले पनि ओलीको आशंकालाई जायज भनेका छन् ।
प्रचण्डमाथि आंशका व्यक्त गरेका ओलीले प्रचण्डले कुनै पनि बेला धोका दिन सक्ने संकेत पाएमा बेलैमा मधेसी दलसँग मिलेर सरकार बनाउनुपर्ने प्रस्ताव समेत अगाडि सारेका छन् । तर प्रचण्डले धोका दिन सक्ने कुनै पनि संकेत नपाएको खण्डमा भने प्रचण्डसँगको सहकार्यलाई बलियो बनाउनुपर्ने तर्क ओलीको छ ।
‘प्रचण्ड नेपाली राजनीतिका चतुर खेलाडी हुन्, उनीबाट जतिबेला पनि धोका हुन सक्छ, तपाईहरुले गहिरो रुपमा कुरा बुझ्नुस्’ ओलीले आदेशात्मक शैलीमा आफ्ना टिमसँग भनेका छन् ।
प्रचण्डबाट धोका हुन सक्ने आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट पाएको तर्क ओलीको छ । विश्लेषकहरु भने वाम गठबन्धनलाई फुटाउन भारतीय प्रधानमन्त्री मोदीले कहिले ओली त कहिले प्रचण्डलाई उचालिरहेको बताउँछन् । -उज्यालाे नेपाल
Views: 0