सिरिचौर खानेपानी उपभोक्ता समितिको चौथो वार्षिक साधारण

२०७४ माघ १६, मंगलवार १५:४१ गते २०७४ माघ १६, मंगलवार १५:४१ गते २०७४ माघ १६, मंगलवार १५:४१ गते

ओमप्रकाश गुप्ता
देउखुरी १६ माघ । सिरिचौर खानेपानी उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा मंगलवार राप्ती गाउँपालिका ३ मसुरीयामा सम्पन्न भएको छ । समितिका अध्यक्ष मधुसुदन पौडेलको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यता तथा जिल्ला खानेपानी डिभिजन कार्यालयका प्रमुख चन्द्रप्रसाद धिताल र राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको विशिष्ट आतिथ्यतामा भएको सभामा वार्षिक प्रतिवेदन समितिका सचिव धनीराम घर्ती र आर्थिक प्रतिवेदन चम्फा भुसालले प्रस्तुत गरेका थिए । समितिका उपाध्यक्ष हरिप्रसाद भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा समितिका संस्थापक अध्यक्ष चन्द्रबहादुर जिसी, सल्लाहाकारहरु दुर्योधन पाण्डे, केशवराज खनाल,भालुवाङ खानेपानीका अध्यक्ष हस्तबहादुर गुरुङ, घण्टदेव सावउसका अध्यक्ष दलबहादुर घर्ती,समाजसेवी किरण भण्डारी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्र गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव धनीराम घर्तीले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *