ओमप्रकाश गुप्ता
देउखुरी १६ माघ । लमहीमा रहेको प्रिन्स इङ्ग्लिस मोडेल बोर्डिङ स्कुलमा मंगलवार देखि सप्ताह व्यापी खेलकुद प्रतियोगिता सुरु भएको छ । विद्यालयका प्रिन्सिपल द्रोण पोख्रेलको अध्यक्षता एवम् विद्यालयका पूर्व प्रिन्सिपल तथा वर्तमान एम.डी एवम् राष्ट्रिय खेलाडी विपिन के.सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयकी भ्वाइस प्रिन्सिपल रोशी खनाल, विद्यालयका सिसिए कोर्डिनेटर महावीर डागी, विद्यालयका माध्यमिक तहका शिक्षक एवम् निम्न माध्यमिक तहका इन्चार्ज तथा मिडिया पर्सन हुकुमानन्द पाण्डेय, विद्यालयका गेम टिचर एवम् राष्ट्रिय खेलाडी राजकुमार थापा तथा विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिका तथा विद्यार्थीहरूको उपस्थितिमा कार्यक्रम भएको हो ।
खेल्दै पढ्न खोजौ प्रिन्स स्कुलनै रोजौ भन्ने मुल नाराका साथ आज बाट सुरू भएको कार्यक्रमको प्रमुख अतिथिद्वारा गमलामा पानी हालेर विधिवत रूपमा उद्घाटन गरिएको थियो । एक हप्ता चल्ने भनिएको उक्त कार्यक्रममा विद्यालका सम्पूर्ण छात्र छात्रालाई ४ समूहमा विभाजन गरी फरक फरक खेल खलाइने विद्यालयका गेम टिचर राजकुमार थापाले जानकारी दिएका छन् । विद्यालयका सिसिए कोर्डिनेटर महावीर डागीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रको सहजीकरण विद्यायका कक्षा ९ मा अध्ययनरत छात्रा रचना पोख्रेलले गरेकी थिइन् ।
Views: 0