ओमप्रकाश गुप्ता
भालुवाङ १७ माघ । प्रेस स्वतन्त्रता सेनानी सुशिल गौतमले सामाजिक दायित्व पुरा गर्ने अठोट देउखुरी टुडेले पुरा गर्नेमा आफु आशावादी रहेको बताएका छन् । देउखुरी टुडे राष्ट्रिय साप्ताहिकको बुधवार भालुवाङमा आयोजित दोस्रो वार्षिक उत्सव कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका गौतमले देउखुरीको विकास र सम्वृद्धि सँग देउखुरी टुडे र यस क्षेत्रको पत्रकारिता सँगै जोडिएको बताएका छन् । उनले जव राष्ट्रमा ठुलो समस्या पर्छ त्यसको खवरदारी साना पत्रिकाहरुले गर्ने गरेको बताएका छन् । जहाँ ठुलो शक्ति हुन्छ त्यहाँ शक्तिको दुरुपयोग र स्वार्थ हुने बताएका थिए । एक आर्को प्रसंगमा उनले पत्रकारहरु दायित्व प्रति सचेत र जागरुक हुनु पर्ने बताउदै नेपालको पत्रकारिता राजनितिक भएकोमा अव त्यसो नभई जनता र पाठकमुखी हुनु पर्ने बताएका थिए । पत्रिकाका प्रकाशक सम्पादक सन्तोषकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, समानुपातीक सदस्य सरस्वती गौतम, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, नेकपा एमालेका राप्ती गाउँपालिका अध्यक्ष किरण भण्डारी, नेपाली कांग्रेसका जिल्ला सदस्य हरिप्रसाद भुसाल, राजमो राप्ती गाउँपालिकाका इन्चार्ज केशवराज खनाल, नयाँ शक्ति पार्टी नेपालका दिलबहादुर महतरा, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका वरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्की, ऐरावती आदर्श बहुमुखी क्याम्पसका प्रमुख विष्णुप्रसाद भुसाल, नर्ती सामुदायिक वन समन्वय समितिका प्रतिनिधि पुष्पा पाण्डे, गैर सरकारी संस्था महासंघ दाङका सदस्य तथा रेडियो साझा आवाजका पुर्व कार्यकारी प्रमुख उमाकान्त पन्त, इच्छुक स्मृती कृषि सहकारी संस्थाका अध्यक्ष भिमार्जुन सुवेदी,नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद छविलाल कोपिला, पत्रिकाका सल्लाहाकार सम्पादक हरि पोख्रेल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पत्रिकालाई आ आफनो क्षेत्रबाट महत्वपुर्ण योगदान पु¥याउने पत्रिकाका सम्पादन मण्डलका पदाधिकारी, उत्कृष्ट विज्ञापनदाता, बजार प्रतिनिधि, समाचारदाताहरुलाई सम्मान गर्नुका साथै विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन पत्रिकाका सहसम्पादक विदुर एमसीले गरेका थिए । पत्रिकाका प्रधान सम्पादक शिवराज पन्थीको स्वागत मन्तव्य र समाचारदाता विरेन्द्र गिरीको स्वागत गीतबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रिकाका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ताले गरेका थिए ।
Views: 0