सदरमुकाम सार्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

२०७४ माघ १७, बुधबार १६:०५ गते २०७४ माघ १७, बुधबार १६:०५ गते २०७४ माघ १७, बुधबार १६:०५ गते

रुकुम (पूर्व)को सदरमुकाम सार्ने सरकारको निर्णयका विरुद्धमा सर्वोच्च अदालतमा रिट परेको छ ।

सरकारले गत बिहीबार रुकुमकोटमा रहेको सदरमुकाम गोलखारामा सार्ने निर्णय गरेपछि त्यसविरुद्धमा अधिवक्ता गणेश हमाल, स्थानीय कृष्ण रेग्मी र दत्तबहादुर बस्नेतले बुधबार सर्वोच्चमा रिट दायर गरे ।

उनीहरुले रुकुमकोटमा रहेको सदरमुकाम सार्ने सरकारको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

उक्त रिटको पेशी बिहीबारका लागि तोकिएको छ । रिटको पक्षमा बरिष्ठ अधिवक्ता टिकाराम भट्राई, भिमार्जुन आचार्य, उपेन्द्रकेशरी न्यौपाने, रमण श्रेष्ठ, डा. सुर्य ढुंगेल र सिताराम दाहाल तथा अधिवक्ताहरु गोपालदत्त पाण्डे, गोविन्द बन्दी र गणेश हमालले बहस गर्ने छन् ।

त्यस्तै, सरकारको निर्णयविरुद्धमा रुकुमकोटमा सातादिन देखि आन्दोलन समेत जारी छ । उक्त आन्दोलन सरकारको निर्णय फिर्ता नभएसम्मका लागि जारी रहने आन्दोलनकारीले बताएका छन् ।

अब सर्वोच्चले सरकारको निर्णयविरुद्धमा परेको रिटमा फैसला सुनाएमा त्यसका आधारमा आन्दोलनको स्वरुप निर्धारण हुने आन्दोलन संघर्ष समितिले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *