भब्य कार्यक्रमकाविच विहिवारदेखि जनकल्याण मावि दुधराशमा महायज्ञ सुरु

२०७४ माघ १८, बिहीबार १४:५७ गते २०७४ माघ १८, बिहीबार १४:५७ गते २०७४ माघ १८, बिहीबार १४:५७ गते

घोराही, १८ माघ
तुलसीपुर उपमहानगरपालिका—१८ मा रहेको जनकल्याण मावि दुधराशमा श्रीमद् भागवत ज्ञान महायज्ञको उद्घाटन गरिएको छ । महायज्ञको प्रदेशसभा सदस्य अमरबहादुर डाँगी र उत्तरकुमार वलीले सयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

महायज्ञ उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले परम्परागत रुपमा चल्दै आएको शिक्षालाई जीवनोपयोगीमा बदल्न आबश्यक रहेको बताएका थिए । शिक्षालाई आधुनिकतामा रुपान्तरण गर्न नसकिएको भन्दै शिक्षाको विकासका लागि सबैले पहल गर्नुपर्ने बताएका थिए । माघ २४ गतेसम्म सञ्चालन हुने महायज्ञमा पाँच करोड संकलन गर्ने लक्ष्य राखिएको छ ।

आउदो असार महिनादेखि डिप्लोमा तहको पढाई सञ्चालनका लागि महायज्ञ सञ्चालन गरिएको छ । गाउँघरमै प्राविधीक शिक्षा सञ्चालनका लागि महायज्ञको आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, उपप्रमुख माया आचार्य, नेकपा एमालेका उपाध्यक्ष हुकुमबहादुर बस्नेत, विद्यालय ब्यबस्थापन समितिका पुर्व अध्यक्ष तिलकबहादुर डाँगीले बोल्नुभएको थियो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक देवबहादुर विश्वकर्माको अध्यक्षतामा महायज्ञको उद्घाटन गरिएको हो । महायज्ञको कथाबाचकमा पण्डित दिनबन्धु पोखरेल रहनुभएको छ ।तस्विर–पत्रकार जनक नेपालिको फेसवुकवाट ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *