नारायणपुर, १८ माघ
नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा विहीवार चर्चीत गायक पशुपति शर्मा र भूमीका गिरीले उत्कृष्ट प्रस्तुति राखेका छन् । महोत्सवको सातौँ दिन विहीवार कलाकारहरु पशुपति शर्मा र भूमीका गिरीको उत्कृष्ट प्रस्तुतिमा दर्शकहरु झुमेका थिए । लोकदोहोरी क्षेत्रका लोकप्रीय एवं उत्कृष्ट गायक पशुपति शर्माले आधा दर्जन बढि गीतहरु गाएका थिए । शर्माले दर्शक एवं स्रोताहरुले रुचाएका गीतहरु प्रस्तुत गरेका थिए ।

पशुपतिले ‘मलाई अमेरिका यही, मलाई वेलायत नि यही, झमझम दर्कियो पानी रुझायो छाताले छेकेन, रोधीमा मै आउने थिएन रोधीकी मायालाई मैयालाई देखेर, मेरो माया बसेको ठाँउमा बत्ति बाल्नै पर्दैन त्यो ठाँउमा’ बोलका गीतहरु प्रस्तुत गरेका थिए । उनको प्रस्तुतिकालागि महिलाहरुको धेरै मात्रामा विहीवार महोत्सवमा उपस्थिति रहेको थियो ।

यस्तै लोकदोहोरी गायीका भूमीका गिरीको प्रस्तुतिमा पनि दर्शकहरु झुमेका थिए । स्टेच क्वीको रुपमा पछिल्लो समय पहिचान बनाएकी दंगाली गायीका भूमीकाले दाङ र दंगालीप्रति सम्मान गर्दै दाङ एवं राप्तीको हिचान झल्काउने ‘हेर्ने ठाँउ धेरै छन् हजार, घुमौला नि नारायणपुर बजार’ बोलको गीत प्रस्तुत गरेकी थिईन् ।

स्टेचबाटै देशका विभिन्न जिल्ला तथा विदेशमा हुने कार्यक्रममा दंगाली भनेर आफूलाई परिचय दिदा गर्व लाग्ने गरेको बताउदै उनले ‘तिहुन मिठो बनायो चुकैले, सरर आउ माया मिनी बस चढेर आउ माया, दियौ चुरोट दिएनौ सलाई कुन दिनको रिसले हो मलाई, हङकङको चुरोट गोरखपुरको सलाई’ बोलका गीतहरु प्रस्तुत गरेकी थिईन् । महोत्सवमा विहीवार लोकदोहोरी गायक रोहन वली, गायकहरु सरद समीप, टोपेन्द्र विष्ट, राजु विक प्रस्तुति राखेका थिए । यस्तै दोभान कला केन्द्र तुलसीपुरका कलाकारहरुले पनि विहीवार प्रस्तुति राखेका थिए ।

महोत्सवमा शुक्रवार सुगम संगीतका लोकप्रीय गायक प्रमोद खरेलको प्रस्तुति रहने छ । शुक्रवार खरेलसँगै मोडल विनु खड्काको प्रस्तुति रहने छ । माघ २० गते शनिवार लोक तथा दोहोरी क्षेत्रका लोकप्रीय एवंं चर्चीत गायक रामजी खाँडको प्रस्तुति रहने छ । शनिवार रामजीसँगै गायीका तथा मोडल प्रीति आलेको प्रस्तुति रहने सांस्कृतिक संयोजक बस्नेतले जानकारी दिनुभयो ।

नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ मूल नाराका साथ सुरु भएको ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा विहीवारसम्म हजारौ दर्शकहरुले महोत्सवको अवलोकन गरेका छन् ।

महोत्सवमा व्यापारिक, पर्यटन, कृषी एवं अन्य स्टलहरु रहेका छन् । करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ३ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको छ ।

महोत्सवको मुख्य आकर्षणको रुपमा यस क्षेत्रबाट उत्पादित वस्तुहरुको पर्दशनी, यस क्षेत्रका पर्यटकिय स्थलहरुको चिनारी, जातिय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकीहरु, चर्चित कलाकारहरुको दैनिक सांस्कृतिक प्रस्तुति, योग शिवीर तथा धार्मीक प्रवचन एवं झुला, मौतका कुवा, पिङ, ब्रेक डान्स सहित बाल उद्यानका सम्पूर्ण सामाग्री रहेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *