ओमप्रकाश गुप्ता
सिसहनियाँ १८ माघ । देउखुरीको राप्ती गाउँपालिका ५ लठ्ठहवामा मोटरसाइकलले साइकललाई ठक्कर दिदा दुई जना घाइते भएका छन् । लमही भालुवाङ सडक खण्डको लठ्ठहवामा विहिवार दिउसो ३.३० बजेको समयमा पुर्वबाट पश्चिम तर्फ गइरहेको लु ३३ प ७१३९ नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ गइरहेको साइकललाई ठक्कर दिदा साइकल यात्री राप्ती गाउँपालिका ६ बगरापुर निवासी सुन्दरप्रसाद चौधरीका १२ वर्षिय छोरा रुमन चौधरी र मोटरसाइकल चालक लमही नगरपालिका फल्कापुर निवासी अन्दाजी २५ वर्षिय सुमन चौधरी गम्भीर घाइते भएका छन् । घाइते दुवैलाई लमहीमा सामान्य उपचार पछि थप उपचारका लागि मोटर साइकल चालक सुमन चौधरीलाई काडमाण्डौ रिफर गरिएको छ । भने साइकल यात्री रुमन चौधरीलाई बुटवल रिफर गरिएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । साइकलयात्री १२ वर्षिय बालक बालकल्याण आधारभुत विद्यालयबाट घर फिर्किदै गर्दा मोटरसाइकलले पछाडीबाट ठक्कर दिदा सो घटना भएको प्रहरीले बताएको छ । .
Views: 0