सिसहनियाँलाई नमुना हरितनगरी बजार बनाइने

२०७४ माघ २०, शनिबार १२:५९ गते २०७४ माघ २०, शनिबार १२:५९ गते २०७४ माघ २०, शनिबार १२:५९ गते

ओमप्रकाश गुप्ता

सिसहनियाँ २० माघ । देउखुरीको सिसहनियाँ बजारलाई फोहरमैला व्यवस्थापन गरी आगामी आर्थिक वर्षमा हरितनगरी बजार बनाइने भएको छ । सिसहनियाँ उद्योग वाणिज्य संघको आज सिसहनियाँमा भएको तेस्रो वार्षिक साधारण सभामा वार्षिक प्रगती प्रतिवेदन पेश गर्दै संघका सचिव ठाकुरप्रसाद सुवेदीले सो कुराको जानकारी गराएका हुन् ।
त्यस्तै उनले बजार क्षेत्रमा बढ्दो प्लाष्टिकजन्य बस्तुलाई पुर्ण रुपले निरुत्साहित गर्ने, बजार क्षेत्रको विभिन्न क्षेत्रमा सडक बत्ती जडान गर्ने, निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, बजार क्षेत्रमा सार्वजनिक शौचालन निमार्ण गर्ने र कृषि तथा दिगो पर्यटन विस्तारका लागि कृषि तथा औद्योगिक रमाइलो मेला सञ्चालन गर्ने योजना बनाएको बताएका छन् ।
संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको अध्यक्षता एवम् दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको सभामा बोल्दै प्रमुख अतिथि भुसालले झोले व्यापारीलाई निरुत्साहित नगर्दा सम्म व्यापार व्यसाय फस्टाउन नसक्ने बताएका थिए ।
यसका लागि उनले झोले व्यापार बन्द गर्न गाउँपालिकाकले ध्यान दिनु पर्ने बताएका थिए । साथै उनले मूल्यमा एकरुपता ल्याउन भन्सारको दररेटलाई व्यवस्थीत गर्नु पर्ने बताएका थिए । सभामा वार्षिक प्रतिवेदन संघका सचिव ठाकुर प्रसाद सुवेदी र आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष ईश्वरीप्रसाद अधिकारीले प्रस्तुत गरेका थिए ।
संघका सदस्य प्रकाश विष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बा चौधरी, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्य, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष खगेश्वर खनाल, राप्ती गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा प्रवक्ता विद्याशरण चौधरी,साविक सिसहनियाँ गाविसका पुर्व अध्यक्ष शिवा शर्मा, राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसाय समिति बुकिङ काउन्टर भालुवाङका प्रशासनिक सचिव नारायण न्यौपाने,संघका संस्थापक अध्यक्ष शान्तराज भण्डारी, सल्लाहाकार शान्तराज शर्मा, समाजसेवी तथा बुद्धिजिवी तुलसी गौतम र पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संघको भवन निमार्णमा सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव ठाकुरप्रसाद सुवेदीले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *