सुरक्षा मागको विषयमा परेको जाहेरीमा प्रधानन्यायधिस माथि पनि छानविन गर्ने चेतावानि महानिरीक्षक अर्याल

२०७४ माघ २०, शनिबार १५:०२ गते २०७४ माघ २०, शनिबार १५:०२ गते २०७४ माघ २०, शनिबार १५:०२ गते

 

घोराही, माघ २०

नेपाल प्रहरीका प्रमूख प्रहरी महानिरिक्षक प्रकास अर्यालले नेपाल प्रहरी भित्र आन्तरीक सुशासन आवस्यक रहेको बताउनु भएको छ । नागरिक मैत्री सेवाका लागि नेपाल प्रहरी लागि परेको भन्दै बिगतको तुलनामा नेपाल प्रहरी अब्बल हुदै गएको प्रहरी प्रमूख अर्यालले दाबि पनि गर्नु भएको छ ।
नेपाल पत्रकार महासंघ दाङ तथा नागरीक समाज दाङले आज घोराहीमा गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रहरी प्रमूख अर्यालले यस्तो बताउनु भएको हो । सो अवसरमा वोल्दै कार्यक्रका प्रमुख अतिथिसमेत रहनु भएका अर्यालले दङ्गालि जनताको स्नेह, मायाँ, सद्भावले नै प्रहरीको नेतृत्व गर्न सफल भएको भन्दै प्रहरी संगठनभित्र आफुले प्राप्त गर्ने सफलता सिङ्गो दङ्गालि जनताको गरीमा र सम्मान भएको समेत बताउनु भयो । उहाले दाङ राजधानिका लागि सबै हिसावले उपयुक्त रहेको भन्दै हावा, पानि, सुरक्षा, पुर्वाधार हिसावले अति उत्तम रहेको र स्थायि राजधानिका लागि यि कुराहरु महत्वपुर्ण हुनेसमेत बताए । उहाले दाङमा स्थापना भएका पाँच नम्बर प्रदेशको प्रहरी कार्यालय यो आर्थिक वर्ष भरी दाङमै रहने बताउदै सुरक्षाको दृष्टिकोणले दाङ नै उपयुक्त देखेर प्रहरीले प्रादेशीक कार्यालय यहाँ राखेको बताउनु भयो । प्रादेशीक प्रहरी कार्यालयका लागि प्रहरी प्रधान कार्यालय र नेपाल सरकारले भौतिक पुर्वाधारदेखी सबै लगानि गरीएकाले तत्काल सार्न सम्भव नरहेको अर्यालले बताउनु भयो ।
पछिल्लो समयमा राजनितीक गुण्डागर्दी तथा अपराध नियन्त्रणमा सुधार आएको भन्दै उहाँले कानुन बिपरित जाने जोकोही पनि एक दिन कानुनको भन्दामा पर्ने बताउनुभयो । डा. गोविन्द केसिका अधिबक्ताले प्रधानन्यायधिस गोपाल पराजुलिले धम्कि दिएको भन्दै सुरक्षाको माग गर्दै दिएको निवेदन प्रहरीले कसरी हेरेको छ भन्ने जिज्ञासामा प्रहरी महानिरीक्षक अर्यालले भने–‘निवेदनलाई गम्भिरतापुर्वक लिन्छौ, हाम्रो नजरमा सानो, ठुलो हुँदैन, सबैलाई अनुसन्धान गछौ, यदी घटनामा दोषि देखीएमा कानुनि दायरामा ल्याउछौ’ . कानुन भन्दा माथी कोही पनि नरहेको भन्दै प्रहरी प्रमूख अर्यालले अदालतबाट दोषी करार भएकाहरु कहिल्यै पनि प्रहरीबाट उम्कन नसक्ने र ढिलो चाँडो प्रक्राउ पर्ने बताउनु भयो । उहाले सञ्चार उद्यमि देविप्रशाद धिताल हत्याकाण्डका दोषिहरुलाई कानुनि दायरामा ल्याएर छाड्ने प्रतिवद्धता गर्नु भएको छ । उहाले सिआइविले यो घटनाको अनुसन्धान गरीरहेको भन्दै घटनाका दोषिलाई छिटो भन्दा छिटो पक्राउ पर्ने बताउनु भयो ।

यसैविच नेपाल प्रहरीका प्रमूख प्रहरी महानिरिक्षक प्रकास अर्याललाई गृह जिल्ला दाङमा विशेष अभिनन्दन गरीएको छ । गृह जिल्ला दाङ आएका अर्याललाई नेपाल पत्रकार महासंघ दाङ र नागरीक समाज दाङले संयुक्तरुपमा विशेष अभिनन्दन गरेका हुन् । घोराही भरपुर निवासि अर्यालले नेपाल प्रहरीको प्रमुख भएर दाङको नाम रोशन गर्न सफल भएको भन्दै पत्रकार महासंघ र नागरीक समाजले नागरीक अभिनन्दन गरेका छन् । कार्यक्रममा विषम परीस्थितीमा प्रहरीको नेतृत्व लिई प्रतिनिधि सभा, प्रदेश सभा र स्थानिय तहको निर्वाचन शान्तीपुर्ण तरीकाले समपन्न गर्न सफल भएकोमा वधाई दिदै अर्याललाई मुलुकको शान्ति र विकासको मार्गमा लैजानका लागि महत्वपुर्ण भुमिका खेलेको चर्चा गरेका थिए ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, नागरीक समाज दाङका सचिव चन्द्रराज पन्त, पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष सुशिल गौतमले टिका, फुल, माला र खादा ओढाएर अर्याललाई नागरीक अभिनन्दन गर्नु भएको थियो । नागरीक समाज दाङका सचिव चन्द्रराज पन्तको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव भुपेन्द्र वलिले गर्नु भएको थियो । कार्यक्रममा नागरिक समाज दाङका सचिब चन्द्रराज पन्त, प्रेस स्वतन्त्र सेनानि सुशिल गौतमले आआफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रम पत्रकार महांघ दाङका अध्यक्ष सबिन प्रियासनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *