नारायणपुर महोत्सवमा कलाकारहरुको धमाका, सोमवार रमेशराज र रोमा आउदैँ

२०७४ माघ २१, आईतवार १५:१९ गते २०७४ माघ २१, आईतवार १५:१९ गते २०७४ माघ २१, आईतवार १५:१९ गते

नारायणपुर, २१ माघ
नारायणपुरमा जारी ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा आईतवार पनि दर्शकहरुलाई कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन दिएका छन् । महोत्सवको १० औँ दिन कलाकारहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका छन् ।

 

आईतवार गायक सुनल गिरी, सिर्जु अधिकारी, रीता केसी, दिपक खड्का, रुविना अधिकारी सहितका कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन दिएका छन् ।

 

महोत्सवमा युवा पुस्ताका रोजाई पप गायक सुनिल गिरीले को होला मसँग आँखा जुधाउने, देउराली भञ्जाङ बोलका गीत प्रस्तुति गरेका थिए । यस्तै गायिका रीता केसीले भन केके गर्नुपर्छ तिम्रो साथ पाउनलाई लगायतका गीतहरु प्रस्तुत गरेकी थिईन् । यस्तै गायीका एवं मोडल सिर्जु अधिकारीले प्यार प्यार, मेरो फिगर कोकाकोला लगायतका गीत प्रस्तुत गरेकी थिईन् ।

IMG_7432

माघ १२ गतेदेखी ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ मूल नाराका साथ सुरु भएको ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा महोत्सवमा सोमवार लोकप्रीय गायक रमेशराज भट्टराई, एक खुट्टाले मात्र नाच्ने कलाकार रोमा न्यौपानेको प्रस्तुति रहने महोत्सवमा सांस्कृतिक संयोजक अभियान बस्नेतले जानकारी दिए ।

 

महोत्सवको मुख्य आकर्षणको रुपमा यस क्षेत्रबाट उत्पादित वस्तुहरुको पर्दशनी, यस क्षेत्रका पर्यटकिय स्थलहरुको चिनारी, जातिय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकीहरु, चर्चित कलाकारहरुको दैनिक सांस्कृतिक प्रस्तुति, योग शिवीर तथा धार्मीक प्रवचन एवं झुला, मौतका कुवा, पिङ, ब्रेक डान्स सहित बाल उद्यानका सम्पूर्ण सामाग्री रहेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *