दाङमा महराले भने–‘देउवा सरकारका सबै अनुपयुक्त निर्णय खारेज हुन्छ’

२०७४ माघ २१, आईतवार १५:३२ गते २०७४ माघ २१, आईतवार १५:३२ गते २०७४ माघ २१, आईतवार १५:३२ गते

घोराही, माघ २१ । नेकपा माओवादीका प्रभाबसाली नेता कृस्ण बहादुर महराले देशमा देउवा सरकारले राजनीतीक अराजकता मच्चाएको आरोप लगाएका छन । रिपोर्टस क्लब दाङले दाङको तुलसीपुर एयरपोर्टमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै दाङ प्रतिनिधीसभा २ बाट निर्वाचीत सांसद समेत रहेका महराले हालको सरकारले राजनीतीको नैतिकता समेत नदेखिएको भन्दै देउवा सरकारले देशमा राजनीतीक अराजकता अपनाएको समेत बताएका छन ।

देउवा सरकारले गरेका कतीपय निर्णयहरुलाई अव बन्ने सरकारले उल्टाउन सम्म सक्ने बताएका छन ।रिपोर्टस कल्ब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता तथा माओवादिका प्रभाबसाली नेता महराको प्रमुख आथित्यतामा सम्पन्न भएको बिशेष साक्षात्कार कार्यक्रममा पार्टी एकता कहिले हुन्छ भन्ने पत्रकारहरुको प्रश्नमा दुई दल भनेका फरक दृस्टीकोण फरक मान्यता बोकेका दल भएकोले पार्टी एकता भन्ने कुरा भने जस्तो सजिलो नभएको र दुई पार्टीका अध्यक्ष बिच व्यापक छलफल समेत भैराखेकोले एकतामा केहि ढिला भएपनी केहि समय पछि पार्टी एकता निश्चित हुने उनले बताएका छन ।नयाँ बन्ने सरकारले टरीगाँउ एयरर्पोटलाई थप बिस्तार गरी ठुलो जहाँज सञ्चालन ल्याउने र एयरर्पोटमा जहाँज उडानलाई नियमीत बनाउने समेत उनले पत्रकार सम्मेलनमा बताएका छन ।

प्रदेश मुकामहरुको अस्थाई केन्द्र तोक्दा धोका भयको भन्दै अब राजधानी बनाउने जिम्मा प्रदेश सभालाई भएकोमा प्रदेश सभाका सांसदहरुले स्थायी राजधानी तोक्दा न्यायोचित सन्तुलीत एंब जिम्मेवारी पुर्वक सुझ बुझका साथ निर्णय गर्ने र त्यसपछि प्रदेश नम्वर ५ को स्थायी मुकाम दाङनै हुने उनले जिकिर गरेका छन । दाङ प्रदेश राजधानी बनाउने बिषयमा काँग्रेस नेता खुम बहादुर खड्का,

शंकर पोखरेलसंग संग समेत छलफल भएको स्विकार गरेका नेता महराले दाङ प्रदेश राजधानी बनाउने बिषयमा अन्य नेताहरुसंग समेत छलफल भैरहेको बताएका थिए । हाल आफुहरु रास्र्टीय सभाको चुनाबमा केन्द्रित भएको बताएका महराले प्रदेश सभाको चुनाब लगतै नयाँ सरकार गठनको पक्रिया सुरु हुने उनले बताएका छन । पत्रकार सम्मेलनको सहजिकरण पत्रकारबालाराम खडकाले गरेका थिय .

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *