ढुङगा वालुवाको अवैध उत्खननमा गुन्डादेखी व्यवसायिको लगानि भएको तुलसिपुर प्रहरी प्रमुख सापकोटाको खुलासा

२०७४ माघ २३, मंगलवार १५:५८ गते २०७४ माघ २३, मंगलवार १५:५८ गते २०७४ माघ २३, मंगलवार १५:५८ गते

तुलसिपुर २३ माघ

प्रहरी सक्रियअवैध रूपमा नदी र खोलाजन्य वस्तुको उत्खनन् रोक्न पछिल्लो समय प्रहरीले निकै सक्रियता देखाएको छ।

‘सेतो सुन’को रूपमा अर्थ्याइने बालुवाको तस्करी यहाँका युवाहरूको आर्जनको प्रमुख स्रोत मान्ने गरिन्छ। ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन् र तस्करमा मुख्यगरी ‘गुन्डा र डन’ प्रवृति भएका युवाहरूकै हालमुहाली र सम्लग्नता देखिएको दाङ प्रहरीको बुझाई छ। तर ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले भने जिल्लामा कहलिएका उद्योगी व्यवसायीको यसमा मुख्य लगानी रहेको पाइएको बताए।

‘ठूला व्यापारीको लगानीमा डन र गुन्डाहरू परिचालित छन्,’– सापकोटोले भने ‘ पैसा कमाउने सजिलो माध्यम बालुवारगिट्टी भएको हुँदा यसमा उनीहरूको ठूलो आकर्षण छ।’

बालुवा गिट्टीको अवैध व्यापार गर्न व्यवसायीहरूले युवाहरूको प्रयोग गर्ने र त्यसले अपराधलाई बढावा दिने हुँदा त्यो नियन्त्रण आवश्यक रहेको ईप्रका प्रमुख सापकोटाले तर्क गरे। ‘दाङमा अवरोध बढ्नुको प्रमुख कारण ‘ईजीमनी’ नै हो र त्यो मनीको प्रमुख स्रोत बालुवारगिट्टी र ढुङ्गाको अवैध व्यापार नै हो। त्यसपछि जुवातास, घडेरी विक्री वितरण र लागूऔषधको कारण पनि दाङमा अपराध बढेको छ’ सापकोटाले भने।

तुलसीपुर क्षेत्रमा यी सबै कुराहरू अन्यत्रभन्दा उल्लेखनीय मात्रामा भइहरेको हुँदा जिल्लाको सबैभन्दा बढी अपराध तुलसीपुरमा हुँदै आएको उनले बताए । ‘तुलसीपुर पुरानो अञ्चल सदरमुकाम हो, यो राप्ती पहाडी जिल्लाहरूको प्रवेशद्वार हो। सबैभन्दा बढी आर्थिक कारोबार तुलसीपुरमै छ र अपराध पनि तुलसीपुरमै बढी छ’ ईप्रका प्रमुख सापकोटाले भने ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *