गर्भवतीको मृत्युबारे छानबिन गर्ने सहमति, आफन्तले बुझे शव

२०७४ माघ २३, मंगलवार १६:०४ गते २०७४ माघ २३, मंगलवार १६:०४ गते २०७४ माघ २३, मंगलवार १६:०४ गते

२३ माघ, बुटवल

बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा ३ दिनअघि गर्भवतीको मृत्यु भएपछि उत्पन्न विवाद साम्य भएको छ ।

ब्यथा लागेपछि हिडेरै अस्पताल पुगेकी पाल्पाकी ३१ वर्षीया भगवती अधिकारीको आइतबार मृत्यु भएपछि अस्पतालको लापरबाही भन्दै आफन्तले अस्पतालमा तालाबन्दी गरेका थिए ।

मंगलबार घटनाबारे निष्पक्ष छानबिन गर्ने सहमति जुटेपछि मृतकको शव उठेको छ ।

चिकित्सकको लापरबाहीका कारण गर्भवतीको मृत्यु भएको भन्दै आफन्त विरोधमा उत्रिदा अस्पताल तनावग्रस्त बनेको थियो । आफन्तले दोषीलाई कारबाही नगरेसम्म शव नउठाउने चेतावनी दिदै आएका थिए ।

मंगलबार अस्पतालले घटनाको छानबिनका लागि ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । डा.राजेन्द्रप्रसाद खनाल संयोजक रहेको समितिमा प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. राजेन्द्र बस्याल, माधव घिमिरे, अञ्जना ताम्राकार र जनेश पन्थी छन् ।समिति गठनपछि गर्भवतीको शव उठाएको मृतकका दाजु मोतिराज खनालले बताए ।

छानबिन समितिले १५ दिनभित्र घटनाको सत्यतथ्य अस्पताल विकास समितिलाई बुझाउने संयोजक डा.राजेन्द्रप्रसाद खनालले बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *