दुधरासमा महायज्ञ सकिनै थाल्दा दाताहरुको संख्या बढ्दै

२०७४ माघ २४, बुधबार १४:०६ गते २०७४ माघ २४, बुधबार १४:०६ गते २०७४ माघ २४, बुधबार १४:०६ गते

माघ २४ दाङ

दुधरासमा जनकल्याण माविले प्राविधिक शिक्षायका लागि सञ्चालन गरेको महायज्ञको समापन हुन दिन सकिनै थाल्दा एक लाखभन्दा बढि रकम दिने दाताहरुको संख्या भने बढ्न थालेको छ । बुधबार मात्रै एक लाख बढि दाता गर्नेको संख्या १४ पुगेको छ ।

नारायणी, मधुसुदन, श्रीधर र विष्णु घिमिरेले २ लाख एक हजार एक सय १५, प्रदीप गौतमले २ लाख एघार हजार एक सय ११ मधुसुदन, केशवराज,प्राध्यापक डाक्टर गोपिन्द्र,दामोदर,राजेन्द्र,होतराज, प्रमोद पौडेलले संयुक्तरुपमा २ लाख ५१ हजार एक सय एक, कूलबहादुर खुलाल र विष्णुप्रसाद खुलालले एक लाख एक हजार एक सय ११, गोमा पन्थी,नन्दकला पन्थी गोपाल पन्थी र नारायण पन्थीले एक लाख एक सय एक, शुकदेव अधिकारी र निराकार अधिकारीले एक लाख एक सय पाँच, टीका पौडेलबाट एक लाख ५० हजार एक , कमल पोख्रेल र मन सुवेदीले एक लाख एघार हजार पाँच सय ५५,,शालिकराम पौडेल र सुभद्रा पौडेलले एक लाख ११ हजार डिल्लीराज गौतमले एक लाख ११ हजार एक सय १५, पदमबहादुर डाँगी एक लाख एक हजार एक सय, कमल आचार्य एक लाख एक हजार एक सय एक, पुतलीदेवी, तोरणप्रसाद, शारदाकुमारी घिमिरे एक लाख एक सय ११ सहयोग गरेको मूल आयोजक समितिका कोषाध्यक्ष प्रदीप गौतमले जानकारी दिएका छन् ।

हालसम्म सबैभन्दा बढि अनोदकुमार देवकोटाले १५ लाख दान दिएका छन् । शुक्रबार समापन हुने महायज्ञमा बुधबारसम्म सहयोग गर्ने सम्पूर्ण दाताहरुमा मूल आयोजक समितिका संयोजक देवराज विश्वकर्माले धन्यावाद ज्ञापन गरेको छ । साथै प्राविधिक ज्ञान महायज्ञमा दिनप्रति दिन दर्शक तथा दाताहरुको उत्साह बढेको प्रचार प्रचार समितिका संयोजक राकेश बस्नेतले जानकारी दिएका छन् । मंगलबार पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, नेकपा एमालेका मुख्य सचेतक भुमेश्वर ढकाल, तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्यले समेत महायज्ञमा सहभागिता जनाएका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *