लमहीको ८१ वर्ष पुरानो धर्मशाला जिर्ण अवस्थामा

२०७४ माघ २४, बुधबार १६:१६ गते २०७४ माघ २४, बुधबार १६:१६ गते २०७४ माघ २४, बुधबार १६:१६ गते

ओमप्रकाश गुप्ता
लमही २४ माघ । लमहीको पुरानो धर्मशाला जिर्ण बन्दै गएको छ । लमही नगरपालिका वडा नम्बर ५ कोईलावास जाने रोड स्थित पुरानो धर्मशाला रहेको छ । त्यो धर्मशाला जिर्ण अवस्थामा छ । लमहीको बजारको आसपासमा बिचौ बिच भागमा रहेको पुरानो धर्मशाला जिर्ण बन्दै संरक्षण नहुँदा जिर्ण बन्नुका साथै भत्कन थालेको छ । धेरै पहिले बनेको पुरानो धर्मशाला कोे संरक्षण नहुँदा जिर्ण बन्दै गएको हो । विहानको समय थियो । धर्मशालामा बस्ने एक जना बुढा बाजे धर्मशालामा भेट भए । ‘मेरो नाम काम्ताप्रसाद चौधरी हो, म यहाँ २०४८ साल माघ १० गते देखि बस्न लागेको छु’ उनले भने, ‘म यहाँँ नआउदा कोही बस्दैनथे, एकदमै फोहर घाँसै घाँस थियो, यो धर्मशाला मुखिया परिवारले बनाएका हुन् ।’ १९९३ मा यो धर्मशला निर्माण भएको थियो ।
उनले भने, ‘२०४८ साल माघ १० गते लिखित अधिकार पत्र लिएर परिवार सहित यो धर्मशालामा आएको हुँ, म आए अनि यहाँ बस्न थालेको छु’ चौधरीले भने, ‘म यो धर्मशालामा बस्न लागेको २६ वर्ष भयो । दुई वटा छोरा, दुई वटी बुहारी, दुई वटी नातीनी बुहारी, दुई वटा नातिनिहरु स–परिवार १२ जना यहि धर्मशालामा बसेका छौ’ चौधरीले भने । ‘म पहिला राप्ती गाउँपालिका वडा नम्बर ७ भानपुर गाउँमा बसेर खेतीपाती गर्थे’ लिलागम्भीर चौधरीले भने, ‘मेरो आमा भुवन कुमारी चौधरीको मृत्यु भएपछि मात्र यहाँ आएको हुँ ।’

धर्मशालाको जग्गा ३ कठ्ठा १३ धुर रहेको छ । यो धर्मशालामा सबै मिलाएर ९ वटा कोठा रहेको छ । माथि दुई वटा हल, र तल सात वटा कोठा रहेको धर्मशालामा हामीले एउटा कोठा बाहेक सबै कोठा र स्टोर प्रयोग गरि रहेका छौ, तर प्रयोग गर्ने लायक पनि छैन, समय समयमा टालटुल गरि रहन पर्छ ।
‘यसरी हामी यहाँ बसेका छौ, एउटा कोठा गृणी महिलाहरुले प्रयोग गरिरहेका छन् । , दिउँसोको समयमा बाह्र देखि तीन बजे सम्म अनौपचारिक शिक्षाको लागी प्रयोग गरि रहन्छन् उनले भने, ‘धर्मशालाको वरिपरि विभिन्न पसलहरु पनि हरेको छ । उक्त धर्मशालाको वरिपरि गुठीको जग्गा समेत रहेको छ ।’ लिलागम्भीर चौधरीले भने ‘हामीले यो धर्मशालामा ओशो आत्मा साधना ध्यान केन्द्र संस्था पनि स्थापना गरेको छौ, यो संस्था हामीले २०५२ सालमा स्थापना गरेका हौँ । यहाँ साधना ध्यान शिविर पनि चल्छ ।’
यो धर्मशालाको व्यवस्थापनमा कसैको ध्यान गएको छैन । धर्मशाला दिन प्रतिदिन जिर्ण बन्दै गएको छ । धर्मशाला रहेको एउटा कोठा बस्ने लायक छैन, कोठाहरुको बिमकण्डीहरु मक्कीदै जान थालेका छन् । धर्मशालाको विकासको र व्यवस्थापनको लागी केहि दिन अगाडी सन्यासीहरु मिलेर लमही नगरपालिकामा गएर नगर प्रमुख कुलबहादु केसीलाई ज्ञापनपत्र समेत बुझाएका थिए । अहिले निश्चित रुपमा केहि भएको छैन, लमही नगरपालिका र ओशो संस्थाको संमन्वयमा एउटा समिति गठन गरि प्रकृया अगाडि बढाउने नगर प्रमुख कुलबहादुर केसीले बताए ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *