दाङ, २४ माघ
प्रदेशनम्वर पाँचबाट राष्ट्रियसभा सदस्य चुनिएका छन् । बुधबार दाङको घोराहीमा भएको निर्वाचनबाट पाँच जना राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचित हुनेहरुमा नेकपा एमालेबाट एमालेबाट रुपन्देहीका खिमलाल भट्टराई, माओवादी केन्द्रबाट अर्घाखाँचीका चन्द्रबहादुर खड्का र कांग्रेसबाट रुपन्देहीका दुर्गाप्रसाद उपाध्याय निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो । अपाङ्ग तथा अल्पसंख्यकतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकुमार कुवरले विजय प्राप्त गर्नुभएको छ भने दलिततर्फ नेकपा एमालेका उम्मेदवार रामलखन चमार बिजयी हुनुभयो, गरेको रावलले जानकारी दिनुभयो ।
एमालेबाट रुपन्देहीका खिमलाल भट्टराईले ३ हजार ६ मतभार प्राप्त गरेर विजयी हुनुभएको हो, भने कांग्रेसबाट रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको २ हजार ४ सय १८ मतभार रहेको छ । यस्तै नेकपा माओवादी केन्द्रबाट अर्घाखाँचीका चन्द्रबहादुर खड्काको मतभार २ हजार २ सय ८० र रहेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताउनुभयो ।
दलित कोटातर्फ नवलपरासीका रामखलन चमार हरिजनले ५ हजार ५ सय ८ मतभार ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ, भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका बाँके निवासी मैकुलाल वाल्मीकिको २ हजार ३ सय ७० मतभार मात्रै प्राप्त गर्नुभयो । अपाङ्ग तथा अल्पसंख्यकतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकुमार कुवरले मतभार ५ हजार ३ सय ४० मतभार प्राप्त गर्नुभयो,भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका रुकुम पूर्वका लुटबहादुर खत्रीको मतभार भने २ हजार ५ सय २० मात्र प्राप्त गर्नुभयो ।
एकल संक्रमणिय निर्वाचन प्रणालीमा एक जना उम्मेदवारले १ हजार ९ सय ६८ मत ल्याउनुपर्ने थियो । नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका तीनै जना उम्मेदवारहरुले एकल संक्रमणिय निर्वाचन प्रणालीअन्तर्गत ल्याउनुपर्ने मतभार भन्दा बढी मत प्राप्त गरेपछि उहाँहरु विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाबाट दाङका रश्मीराज नेपाली पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । उहाँले १ सय ३८ मतभार मात्र प्राप्त गर्नुभयो ।
राष्ट्रियसभा निर्वाचनमा चयन हुने ८ सदस्यमध्ये तीन जना महिला सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । यस प्रदेशबाट निर्वाचित हुने महिला सदस्यहरु एमालेकी कोमल ओली, मिना बुढा र नेपाली कांग्रेसकी अनिता देवकोटा निर्विरोध निर्वाचित हुनुभएको थियो ।
भोलि प्रमाण पत्र बितरण
राष्ट्रिय सभा सदस्यमा निर्वाचितहरुलाई भोलि प्रमाणपत्र प्रदान गरिने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भोलि बिहिबार बिहान ८ बजे दाङ देउखुरी जिल्ला अदालतमै प्रमाणपत्र वितरण गर्ने बताएको छ । निर्वाचित राष्ट्रियसभा सदस्यहरुलाई विजयी प्रमाणपत्र प्रदान गर्ने कार्यक्रममा उपस्थितिका लागि पनि सबैलाई आग्रह गर्नुभयो ।
Views: 0