घोराही, २५ माघ
नेकपा माओवादी केन्द्र दाङले शोक बिज्ञप्ती जारी गरी तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेका बुवा टेकबहादुर पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
जिल्ला इन्चार्ज जीबन गौतमले आज एक बिज्ञप्ती जारी गरी तुलसीपुर–८ अश्वारा निवासी ७८ वर्षीय टेकबहादुर पाण्डेको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।
पाण्डेको निधनले दाङको कम्युनिष्ट आन्दोलनका एक अग्रज अभिभावकलाई गुमाएको उल्लेख गर्दै बिज्ञप्तीमा गौतमले कम्युनिष्ट आन्दोलनका साथै सामाजिक क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभएको छ ।
यसैबीच तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेका पिताको निधनप्रति नेकपा माओबादी केन्द्रका नेता तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराले शोक विज्ञप्ती जारी गर्नुभएको छ । आज शोक बिज्ञप्ती जारी गर्दै तुलसीपुर–८ अश्वारा निवासी ७८ बर्षीय पाण्डेको निधजप्रति शोक बक्तब्य ब्यक्त गर्नुभएको छ ।
Views: 0