भालुवाङमा दलित मुक्तिमोर्चाको जिल्ला सम्मेलन

२०७४ माघ २५, बिहीबार १५:४५ गते २०७४ माघ २५, बिहीबार १५:४५ गते २०७४ माघ २५, बिहीबार १५:४५ गते

ओमप्रकाश गुप्ता
भालुवाङ २५ माघ । दलित मुक्ति मोर्चा नेपाल दाङको जिल्ला सम्मेलन विहिवार राप्ती गाउँपालिका १ भालुवाङमा सम्पन्न भएको छ । मोर्चाका जिल्ला अध्यक्ष सुरज परियारको अध्यक्षता एवम् नेकपाका केन्द्रिय स्थायी कमिटी सदस्य सन्तोष बुढामगरको प्रमुख आतिथ्यतमा भएको सम्मेलनलाई दलित मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष डम्बर बहादुर वि.क, उपाध्यक्ष सिता विक,नेकपा दाङका सेक्रेटरी विक्रम कटुवाल, राष्टिय युवा जनस्वमसेवक विरेन्द्र विक, नेपाल उत्पीडत जाती मुक्तिमोर्चाका अध्यक्ष टंक सुनार, नेपाल दलित मुक्ती मोर्चाका जिल्ला अध्यक्ष जगत दर्लामी माले निकट दलित संगठनका लिला विक लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।
कार्यक्रमममा अन्तरजातीय विवाह गरेका १२ जाडीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा जलजला जनसाँस्कतिकका कलाकारहरुले विभिन्न प्रस्तुती समेत देखाएका थिए । मोर्चाका जिल्ला सदस्य पन्चराम विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मोर्चाका जिल्ला सदस्य जनक विकले गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *