प्रदेशस्तरीय औद्योगीक महोत्सवमा पार्किङ व्यवस्थापनको जिम्मा केशव नेपालिलाई

२०७४ माघ २५, बिहीबार १५:५३ गते २०७४ माघ २५, बिहीबार १५:५३ गते २०७४ माघ २५, बिहीबार १५:५३ गते

घोराही, माघ २५

दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ को मीती नजीकीदै जादाँ विभिन्न उप समितिहरुले आ–आफ्नो कामलाई अघि बढाएका छन् । यसैक्रममा सुरक्षा तथा पार्किङ ब्यवस्थापन उप समितिको बैठक विहिवार घोराहीमा सम्पन्न भएको छ । सुरक्षा तथा पाकीङ व्यवस्थापन उपसमीतीका संयोजक छविनारायाण गीरीको अध्यक्षतामा वसेको वैठकले पार्कीङ व्यवस्थापनको जिम्मा परियार सेवा समाजका अध्यक्ष तथा कलाप्रेमि केशव नेपालीलाइ दिने निर्णय गरेको छ।

परियार सेवा समाजका अधयक्ष नेपालीले पार्र्र्किङ वाट उठेको रकमलाइ समाजसेवा तथा मिडिया ब्यबस्थापनमा लगाउने वताउनु भएको छ। नेपालिले पार्किङ ब्यवस्थापनको जिम्मा आफु र परीवार सेवा समाजलाई विश्वास गरेर जिम्मा दिएकोमा दाङ उद्योग वाणिज्य संघ र पार्किङ तथा सुरक्षा उप समितिलाई धन्यवाद दिनु भएको छ । दाङ उद्योग वाणीज्यसंघले आयोजना गरेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ आउन अव ६ दिन मात्र वाकी रहेको छ।
फाल्गुन ३ गतेदेखी घोराहीमा आयोजना गरिएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४को प्रमुख अतीथी उपराष्ट्रपती नन्द वहादुर पुनले उदघाटन गर्ने महोत्सव मुलआयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालले जानकारी दिनु भएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *