ट्राफिक तथा लागुऔषध दुव्र्यशन सचेतना कार्यक्रम

२०७४ माघ २५, बिहीबार १५:५४ गते २०७४ माघ २५, बिहीबार १५:५४ गते २०७४ माघ २५, बिहीबार १५:५४ गते

ओमप्रकाश गुप्ता
देउखुरी २५ माघ । अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रमुख नन्दकुमार पोख्रेलले ट्राफिक नियम पालाना नगर्दा दिनप्रतिदिन सवारी दुर्घटना बढेको भन्दै त्यसलाई न्यूनिकरण गर्न बिद्यार्थीहरुले सचेतना अभियान थाल्न जरुरी रहेको बताएका छन् । इलाका प्रहरी कार्यालय भालुवाङ र अस्थायी प्रहरी पोष्टको संयुक्त आयोजनामा विहिवार राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालय मौरीघाट र भालुवाङ पुल्चोकमा ट्राफिक नियम तथा लागु औषध दुव्र्यशन न्युनीकरण विषयक सचेतना मुलक प्रशिक्षात्मक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
साथै उनले सबैको साथ र सहयोग भएको खण्डमा प्रहरीले शान्ति सुरक्षा र ट्राफिक ब्यवस्थापनलाई चुस्त बनाउन सक्ने बताए । चालकहरुको कारण सवारी दुर्घटना बढेको भन्दै त्यसलाई न्यूनिकरण गर्न आवश्यक रहेको बताए । दुर्घटनाको कारण लाखौं जनधनको क्षति हुने भएकाले ट्राफिक नियमको पालाना गरेको खण्डमा केही हदसम्म न्यूनिकरण गर्ने उनको भनाई छ । बिद्यार्थीहरुले पनि ट्राफिक नियमका बारेमा सर्वसाधारणलाई जानकारी गराउनु पर्ने उनले बताए । ट्राफिक नियम साथै उनले ट्राफिक नियमका बारेमा सबैले जान्न आवश्यक रहेको र बिद्यार्थीको माध्यमबाट ट्राफिक सचेतना जागृत गराउँदा प्रभावकारी हुने तर्क राखेका थिए ।
त्यस्तै इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख रविन्द्रबहादुर खड्काले समाजमा हुने सवै खाले अपराधिक घटना न्युनीकरण गर्न प्रहरी स्थानीय र विद्यार्थी बिच सहकार्य हुनु पर्ने बताएका छन् । साथै उनले पछिल्लो समय यता युवाहरु नै लागु औषध दुव्र्यसनमा बढी संलग्नता बढेकाले घर परिवारबाट नै रोकथामको उपाय अपनाउनु पर्ने बताए । यसै बिच प्रहरी प्रमुख खड्काले परिवारले आफना छेरा छोरीहरु लाई कुलतमा फस्न नदिन छोरा छोरीको निगरानी गर्नु पर्ने बताए । कार्यक्रममा उनले समुन्नत समाज निमार्ण गर्न समुदाय र प्रहरीको अझ महत्वपुर्ण भुमिका रहने भएकाले नागरिक र प्रहरी बिच मित्रताको भावना हुनु पर्ने बताए ।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख रविन्द्रबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम भएको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *