दिपक वली
घोराही २५ माघ
क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरद्धारा निशुल्क स्वास्थ्य शिबिर संचालन गरी सवारी चालकहरुको स्वास्थ्य जाँच गरीएको छ । आज एक कार्यक्रमका बिच पुर्व पश्चिम राजमार्ग अन्तर्गत लमहिमा ट्राफिक प्रहरी कार्यालय दाङको सहकार्यमा क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय र क्षेत्रिय प्रहरी अस्पताल कोहलपुरको संयुक्त आयोजनामा सवारी चालकको स्वास्थ्य जाँच गरीएको हो ।
बढ्दो सडक दुर्घटना न्युनिकरण गर्ने उदेश्यले पाँच नम्बर प्रदेश प्रहरी प्रमुख एआइजि मधुप्रशाद पुडासैनिको सिधा कारवाही अभियान अन्तरगत आज तेस्रो ठाँउको रुपमा लमहीमा चालकको स्वास्थ्य परीक्षण कार्यक्रम भएको हो । नेपाल प्रहरीका महानिरीक्षक आइजिपि प्रकाश अर्यालले मध्यपश्चिम क्षेत्रमा सडक दुर्घटनामा दाङ अगाडि आउन गरेको भन्दै दुर्घटना न्युनिकरण गर्नका लागि यहाँको प्रहरीलाई महत्वपुर्ण भुमिकाको साथ काम गर्न आग्रह गर्नु भएको थियो ।
क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रहरी उपरीक्षक राजेन्द्र खड्का ,क्षेत्रिय प्रहरी अस्पतालकी प्रहरी निरीक्षक डाक्टर श्रीबिन्दु शर्मा ,ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक ओम प्रकाश वाग्लेको उपस्थितिमा उक्त स्वास्थ्य जाँच कार्यक्रम गरीएको हो । चालकको लापरवाहीले ९० प्रतिशत दुर्घटना हुने गरेको भन्दै चालकले गाडि चलाउदा र वाटो काट्दा पैदल यात्रुले राम्रोसंग ध्यान दिएमा दुर्घटना न्युनिकरण हुने बताएका थिए ।
एक जना चालकको हातमा सयौ यात्रुको ज्यान भएकाले सवारी चालकलाई सचेतनाका साथसाथै दुर्घटना न्युनिकरण गर्ने उदेश्यले गरीएको उक्त स्वास्थ्य जाँच कार्यक्रममा १०२ जना चालक सहभागि भएका थिय । ति मध्य २९ जना प्रेसरका बिरामि फेला परेका थिय ति बिरामिलाई ट्राफिक प्रहरीले पानि खान लगाई एक छिन आराम गर्न लगाई परीस्थिति अनुसार अर्को चालकको ब्यबस्था गरी सवारी संचालन गर्ने ब्यबस्था पनि गरीएको क्षेत्रिय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताउनु भयो । यसै गरी सवारी चालकको स्वास्थ्य जाँच भने क्षेत्रिय प्रहरी अस्पतालकि प्रहरी निरीक्षक डाक्टर श्रिबिन्दु शर्माले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा क्षेत्रिय प्रहरी अस्पताल नेपालगञ्जकी डाक्टर श्रिविन्दु शर्माले सवारी साधन चलाउदा लागुपदार्थ प्रयोग गर्न नहुने, मध्यपान धुम्रपान नखाने,सदैव स्वस्थ रहेर सवारीसाधन प्रयोग गर्ने ,नियमित स्वास्थ्य परीक्षन गर्ने र अन्य विषयमा प्रशिक्षण दिनुभएको थियो ।
मादक पदार्थ सेवन गरेर गाडि चलाउदा तथा उनिहरुको लापरवाहीले सडक दुर्घटना हुने गरेका जन गुनासो आएपछि एआइजि पुडासैनिले प्रहरीका सबै युनिटलाई चालक प्रशिक्षणदेखी स्वास्थ्य जाँचसम्मका अभियानहरु सञ्चालन गर्न निर्देशन दिनु भएको थियो ।
शिविरमा ट्राफिक कार्यालय कोहलपुरका प्रहरी उपरीक्षक राजेन्द्र खड्का र दाङ ट्राफिक प्रहरी प्रमुख ओम प्रकाश वाग्लेले राजमार्गमा सवारी साधन कसरी चलाउने, जेब्र क्रसिङग कसरी क्रस गर्ने, बाटोमा भएका ट्राफिक संङकेतको प्रयोग कसरी गर्ने र अन्य बिभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।
Views: 0