ओमप्रकाश गुप्ता
देउखुरी २५ माघ । राप्ती गाउँपालिका वार्ड नम्बर ३ र ४ का २ हजार बढी कृषक र बसन्तपुरका जनतालाई कृषि कर्ममा तथा आवत जावत गर्नका लागि मौरीघाट बसन्तपुर बेलहुनिया कृषि सडकको ट्रयाक खोलीएको छ ।
खेतबारीमा आउनजान, अन्नवाली स्याहार्न,कृषि औजार हिडाल्न वाटोको अभावमा दुख झेलिरहेका कृषकले ८ मिटर चौडा २ हजार मिटर बाटो खुले पछि अव कृषिकर्म गर्न सहज हुने स्थानीय कृषक तथा बाटो निर्माण उपभोक्ता समुहका अध्यक्ष ओमप्रकाश चौधरीले बताएका छन् ।
राप्ती गाउँपालिका वडा नम्बर ४ को १० लाख बजेटमा कल्र्भट सहित बेलहुनिया कृषि सडकको ट्रयाक खोलीएको वडा अध्यक्ष विष्णु बहादुर जिसीले जानकारी दिएका छन् । सो बाटो बसन्तपुर जोड्ने गरी योजना बनिरहेको र थप सडक निर्माणका लागि पहल थालिएको अध्यक्ष जिसीले बताए ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0