घोराही, माघ २६।
दाङका प्रतिष्ठित ब्यवसायि तथा समाजसेवि वलिभद्र राना नेपाल निर्माण ब्यवसायि महासंघको प्रदेश ५ को बरीष्ठ उपाध्यक्षमा वलिभद्र राना निर्विरोध निर्वाचित हुनु भएको छ । नेपाल निर्माण ब्यवसायि महासंघ प्रदेश नम्बर ५ को हालै बुटवलमा सम्पन्न भेलाले रानालाई सर्वसम्मतरुपमा महासंघको प्रदेश ५ को बरीष्ठ उपाध्यक्षमा चयन गरेको हो । राना दाङ निर्माण ब्यवसायि संघका अध्यक्षसमेत हुनुहुन्छ ।
यसैविच दाङ निर्माण ब्यवसायि संघका महासचिव शोकबहादुर रोका मगरले आफ्ना अध्यक्ष वलिभद्र राना प्रदेश ५ को बरीष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएकोमा वधाई तथा शुभकामना दिनु भएको छ । महासचिव रोकाले शुक्रवार एक विज्ञप्ति जारी गरेर रानालाई सफल कार्यकालको कामनासमेत गर्नु भएको छ । त्यस्तै महासचिव रोकाले स्वर्गद्वारी टिप्पर ब्यवसायि समितिको कल्याणकारी सचिव बन्नु भएका सुरेश आचार्यलाई पनि वधाई दिदै कार्यकाल सफलताको कामना गर्नु भएको छ ।
Views: 0