एमाले विद्यार्थी नेताकाे हिरासतमै अामरण अनसन सुरु

२०७४ माघ २६, शुक्रबार १५:४४ गते २०७४ माघ २६, शुक्रबार १५:४४ गते २०७४ माघ २६, शुक्रबार १५:४४ गते

तुुुलसपर, माघ २६ । 

आफूहरूलाई बिना कारण थुनुवामा राखेको भन्दै अनेरास्ववियूका नेताहरू भोक हड्तालमा उत्रिएका छन् । केही दिन अघि तुलसीपुरमा रहेको क्याम्पसमा संगठन बिस्तारका क्रममा तोडफोड गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा ल्याएको छ ।

बिना कारण आफूलाई फसाएको भन्दै आनेरास्ववियू दाङका नेता सर्जन परियार गणेश खडका दिवस क्षत्री र विराज डिसी माघ चौविस गतेदेखि थुनुवामै आमरण अनसनमा बसेका छन । तत्काल रिहाई नगर्दासम्म आमरण अनसनमा बस्ने विद्यार्थी नेता सर्जन परियारले बताए ।

यसैबिच मदन भण्डारी स्पोर्टस एकाडेमीका प्रदेश कमिटी सदस्य गणेश विध्यार्थी नेता सर्जन परियार दिवस क्षत्री विराज डिसीलाई विना सर्त तत्काल रिहाइका लागि एकाडेमीका प्रदेश सदस्य हिरा वली र दाङका सचिन अमृत बुढामगरले एक विज्ञप्ती मार्फत आग्रह गरेका छन् । तत्काल रिहाइ नगरे आन्दोलनमा उत्रने विज्ञप्तीमा जनाइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *