धारापानी मेलामा मदिरा बिक्री बितरण गरे कारबाही गरिने

२०७४ माघ २६, शुक्रबार १५:४९ गते २०७४ माघ २६, शुक्रबार १५:४९ गते २०७४ माघ २६, शुक्रबार १५:४९ गते

२६ माघ ।

आउँदै गरेको महाशिवरात्री पर्वमा धारापानीमा लाग्ने मेलामा मदिरा बिक्रि बितरण गर्न नपाइने भएको छ । मेलालाई व्यवस्थित गर्न मन्दिर व्यवस्थापन समितिले शुक्रबार घोराहीमा आयोजना गरेको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

छलफल कार्यक्रममा सहभागी सरोकारवाला निकायहरुले निर्णय कार्यान्वयनमा कडाई गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । विश्वकै अग्लो त्रिशुल भएको ठाउँ भनेर पनि चिनिने पाण्डवेश्वर महादेव मन्दिरमा हरेक वर्ष शिवरात्रीको दिन मेला लाग्ने गर्दछ । यसवर्ष फागुन १ र २ गते धारापानी मन्दिरमा मेला लाग्ने मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

मेलालाई व्यवस्थित गर्न धारापानी जाने र आउने बाटोमा ट्राफिक जाम हुने हुँदा त्यसलाई व्यवस्थापन गर्न वन वे बाटो सञ्चालनमा ल्याउने निर्णय गरेको छ । त्यसका लागि जिल्ला ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले सहमति जनाउनुभएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी कार्यालले पनि मन्दिर परिसर तथा मेला स्थलमा सुरक्षा दिने प्रतिवद्धता व्यक्त गरेका छन् । मेलालाई मर्यादित बनाउनका लागि कानुनद्वारा प्रतिबन्धित वस्तुहरुको बिक्रि बितरण नगर्न सर्वसाधारणहरुमा अनुरोध समेत गरिएको छ ।

त्यसैगरी मेला स्थल अथवा खोला किनार कतै पनि मदिरा बिक्रि बितरण नगर्नु हुन मन्दिर व्यवस्थापन समितिले अनुरोध गरेको छ । मन्दिर व्यवस्थापन समितिको अनुरोधलाई व्यवास्ता गरी कहि कसैले मदिरा बिक्रि बितरण गरेको पाइएमा कानुन अनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीले बताउनुभयो । मेलाको दिन सवारी साधन पार्किङका लागि मन्दिर व्यवस्थापन समितिले निश्चित स्थान तोकिदिएकाले सोही स्थानमा पार्किङ गर्नुपर्ने र शुल्क पनि समितिकै नियमानुसार लिइने मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयो । ‘धारापानी एउटा धार्मिक पर्यटकीय क्षेत्र भएकाले त्यसको संरक्षण तथा प्रवद्र्धनमा सहयोग गर्नुहुन सबैमा अनुरोध छ’, आचार्यले भन्नुभयो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले मन्दिरको गुरुयोजना वनाउनका लागि सुझाव समेत दिनुभयो । प्रमुख अतिथि समेत रहेका प्रियासनले मन्दिर अहिले जिल्लालाई नै चिनाउन सफल भएकाले मन्दिरको संरक्षणका लागि लाग्नुपर्ने बताउनुभयो । ‘सबैले आ आफ्नो क्षेत्रबाट मन्दिरको संरक्षण, प्रचार, प्रसार र विकासका लागि लाग्नुपर्छ’, प्रियासनले भन्नुभयो । आउँदो फागुन महिनामा नेपाल पत्रकार महासंघको नियमित बैठक समेत धारापानी मन्दिरमा बस्ने प्रियासनले बताउनुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *