घोराहीमा रहेको सिटी प्लाजा होटेलको आयोजनामा शनिबार रक्तदान गरिएको छ । होटेलका म्यानेजर कमल सुवेदीसहितका १० जना कर्मचारीहरुले रक्तादान गरेका हुन् ।
रक्तदान गर्नेहरुमा जीतबहादुर पुन, मीना सुनार, हुनाराम पाण्डे, दलबहादुर बैजाली, खुमप्रसाद पौडेल, रविन नेपालीले रक्तदान गर्नुभएको हो । त्यस्तै होटेलका शुभेच्छुकहरु वसन्त जिएम, दिनेश चौधरी र दीपक चौधरीले पनि रक्तदान गर्नुभएको छ ।
घोराहीको मेनरोडमा रहेको होटेलमै रक्तदानको आयोजना गरिएको हो । घोराहीमा रहेको रक्तसञ्चार सेवा केन्द्रका प्राविधिक ठाकुर पौडेलसहितको कर्मचारीहरुले रगत संकलन गर्नुभएको हो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0